आगामी असार १४ गते हुने स्थानिय निकायको चुनावमा आधारित भइ नेकपा एमाले वडा नं.१०बाट महिला सदस्यका उम्मेदवार अछरी पोखरलसंग पत्रकार सरला सुवेदीले गरेको कुराकानी । विकास निर्माणलाइ पहिलो प्राथमिकता दिएर काम गर्ने अठोट राखेकी पोख्रेल विगत १६बर्षदेखि राजनीतिमा सक्रिय हुनु हुन्छ । हाल जिल्ला कमिटि सदस्य समेत रहेकी पोखरेल बाटोको विकास नभए जनताको विकास हुन नसक्ने ठोकुवा गर्दै आफुले पहिलोकाम बाटो निर्माणबाट शुरु गर्ने वताउनु हुन्छ ।
तपाइको उम्मेदवारी किन ?
अहिलेसम्म पत्रकारिताको माध्यमबाट जनतालाइ सुसुचित गर्ने काम गरीयो तर जनताका समस्या समाधान गर्न सकिएन । पत्रकारिताका माध्यमद्धारा जनताका समस्या दर्साए पनि समस्या समाधान गर्ने अधिकार हुदैनथ्यो । त्यसकारण जनताका समस्या समाधान गर्नको निम्ति राजनीतिमा सक्रिय भएर लाग्न आवश्यक देखेर नेकपा एमाले वडा सदस्यमा उम्मेदवारी दिएकि हुँ ।
तपाइले जित्ने अधार के ?
मेरो जित्ने आधार भनेका जनता हुन । जसले मलाइ चिनेका छन् । मेरो क्रियाशीलतालाइ नजकिबाट हेरेका छन् । उहाहरुको भोट नै मेरो जित्ने बालियो आधार हो ।
राजनीतिमा कहिले देखि लाग्नु भयो ?
राजनीतिमा लागेका भन्नु पर्दा २०३६सालको आन्दोलन पछि हो । विद्यार्थी जिवनमा राजनीतिमा लागे पनि विचमा विवाह भयो । स साना बच्चा बच्ची हुदा राजनीतिमा सक्रिय हुन पाइएन । २०५५सालदेखि पुन राजनीतिमा सक्रिता बढाउदै गए ।
कुन कुन पदमा बसेर काम गर्नु भयो ?
नेकपा एमालेको वडा ,नगर ,क्षेत्र,्राष्ट्रिय प्रीतनिधि परिषदको सदस्य हुदै हाल जिल्ला कमिटिको सदस्य रहेर काम गरिरहकी छु । अनेमसंघको नगर र जिल्लामा काम गरी हाल अनेमसंघको केन्द्रिय प्रचार विभागको सदस्य रहेर काम गरी रहेकी छु ।
तपाइका चुनौति के ?
चुनौति भन्नु पर्दा पहिलो स्थानिय निकायको चुनाव भएका कारण जनताले कसरी मतदान गर्ने भन्ने कुरा नबुझे भोट बदर हुने चुनौति छ ।
तपाइले जिते पछि के के काम गर्नु हुन्छ ?
मैले जिते पछि जुन अधिकार वडा सदस्यलाइ दिएको छ त्यहि अधिकारमा आधारीत रहेर जनताका काम गर्ने छु ।वडाका विकास निर्माणका काम, समाजसुधारका काम,महिला सशक्तिकरण गर्ने,वडालाइ सरसफाइ र सुन्दर बनाउने ,लगायत वडा लाइ २२वटा अधिकार दिएको छ । प्रहरी प्रसासन,यातायत,लालपुर्जा,नागरिकता,जन्मदर्ता लगायत थुप्रै अधिकार वडा लाइ दिएको म त्यहि अधिकारलाय प्रयोग गरी जनाताका काम गर्ने छु ।
अन्त्यमा के भन्नु हुन्छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने वडा नं.१०का जनताले एक पटक मलाइ भोट दिएर जिताउनुस कामा गर्ने अवसर दिनुहोला भन्न चाहन्छ ।