विकट हिमाली अञ्चल कर्णालीको मत गणना प्राप्त भएको छ । घोपित ३१ स्थानीय तह मध्ये माओवादी केन्द्रले १४, एमालेले ८, कांग्रेसले ७, स्वतन्त्रले १ स्थानमा विजय हासिल गरेका छन् ।
जिल्लागत रुपमा माओवादी केन्द्र हुम्ला र कालीकोटमा पहिलो भएको छ । डोल्पामा एमाले अग्र स्थानमा छ । यसैगरी जुम्लामा कांग्रेस पहिलो पार्टी बनेको छ ।
कर्णालीका सबै जिल्लामा एमालेले कम्तीमा एक स्थानीय तह जीत हात पारेकाे छ । कांग्रेस कालीकोट र माओवादी केन्द्रले मुगुमा खाता खोल्न सकेका छैनन् ।
यद्यपी कालीकोटका नरहरीनाथ र कालिकामा निर्वाचन हुन सकेको छैन । यसैगरी हुम्लाको खार्पुनाथ पनि पुन मतदान हुने भएको छ । मुगुको सोरु र कालिकोटको महावैको मतगणना जारी छ ।
कर्णाली अन्चल भरिमा ३६ स्थानीय तह रहेका छन् ।
एमालेले जितेका स्थानीय तह
जुम्ला तिला गापा, कालिकोट खाँडाचक्र नपा, कालिकोट काइके गापा, डोल्पा ठूली भेरी नपा, त्रिपुरासुन्दरी नपा, शे फोक्सुण्डो गापा, डोल्पो बुद्ध गापा, मुगुको खत्याँड र हुम्लाको अदानचुली गापा रहेका छन् ।
माओवादी केन्द्रले जुम्लाको गुठिचौर, तातोपानी, हिमा र जगदुल्ला गापा जितेको छ । यसैगरी डोल्पाको जगदुल्ला र मुड्केचुला हुम्लाको चंखेली, सर्केडाँडा र ताजकोट जितेको छ । कालिकोटमा तिलागुफा नपा, राष्कोट नपा, पचालझरना, पलाता र सान्नी त्रिवेणी गाउँपालिका जितेको छ ।
काग्रेसले जुम्लाको कनकासुन्दरी गाउँपालिका, चन्दनाथ नगरपालिका, सिंजा गाउँपालिका, र पातारासी गाउँपालिका, जितेको छ । यसैगरी मुगको मुगुमकार्रारोंग गाउँपालिका र छाँयानाथ रारा नगरपालिका तथा हुम्लाको सिमकोट गाउँपालिका जितेको छ ।
यसैगरी डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सोनाम गुरुंग विजयी भएका छन् ।
अपडेट
मुगुकाे साेरू गाउँपालिकामा कांग्रेसका लाेकजग शाही विजयी भएका छन् ।