आज प्रदेश नं. ३,४ र बाँकेको छिमेकी प्रदेश नं. ६ मा निर्वाचन हुँदैछ । नजिकका प्रदेशहरुमा चुनाव भईरहदा बाँकेका राजनीतिक दलका नेताहरु के गर्दैछन् ? चासोको विषय हो । यहि चासोलाई बुझ्न नेपालगन्ज न्यूजले बाँकेमा राजनीतिक दलका नेताहरुसँग सम्पर्क गरेको छ ।
नेपालगन्जन्यूजसँग कुरा गर्दै नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला आज पनि छलफलमा व्यस्त रहेको बताइन् । अहिले म क्षेत्रीय समितिहरुबाट छिटो भन्दा उम्मेदवारहरुको नाम सिफारिसका लागि क्षेत्रिय सभापतिहरुसंग सम्पर्क गरिरहेको छु, सभापति कोइरालाले भनिन्, ढिला हुन थालिसक्यौ, त्यसैले सहमती गर्दै उम्मेदवार सिफारिस आजको प्राथमिकतामा परेको छ ।
एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले आज बिहानै निर्वाचनका सन्दर्भमा स्थानीय एफएममा अन्तरवार्ता दिएर आएको बताए । आज दिनभरी नै पार्टी कार्यकर्तासंग भेटघाटमा व्यस्त रहने कार्यतालिका रहेको उनले बताए । यस्तै माओवादी केन्द्रका बाँकेका चुनावी कमान्डर महेश्वर गहतराजले बिहान देखिनै कार्यकर्ता भेटघाटमा गरिरहेको
बताए । उनले आज दिनभर नै निर्वाचन केन्द्रित पार्टीको आन्तरिक छलफलमा व्यस्त भइन्छ, गहतराजले भने ।
बताए । उनले आज दिनभर नै निर्वाचन केन्द्रित पार्टीको आन्तरिक छलफलमा व्यस्त भइन्छ, गहतराजले भने ।
नेपालगन्जन्युजसंग कुरा गर्दै उनले बाँकेमा चुनावी तालमेलका सम्भावनाका बारेमा समेत अन्य पार्टीहरुसंग समेत छलफल गर्ने बताए ।
प्रदेश नं. ५ मा दोस्रो चरण्मा निर्वाचन हुने भएपछि केही सुस्त देखिएको राजनीतिक माहेलबिच नेपाल लोकतान्त्रिक फोरमले आज जिल्ला कार्यसमितिको विस्तारित बैठकको आयोजना गरेको छ । जिल्ला नेता हिरालाल लोनियाका अनुसार, विस्तारित बैठकले चुनावी रणनीति तय गर्ने बताएका छन् । नेपालगन्जन्यूजसंग कुरा गर्दै आजको विस्तारित बैठकमा राष्टिय जनमुक्ति पार्टि, थरुहट तराइ लोकतान्त्रिक पार्टीसंग पार्टी एकिकरण पछिको पहिलो बैठक भएकाले सांगठनिक संरचना पनि परिमार्जन गर्ने बताए ।











