हुम्लाको खर्पूुनाथ गाउँपालिका २ मा केहिबेर अघि मतदानको क्रममा दुई समूहबिच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । प्रत्यक्षदर्शीका अनुसार २ राउण्ड हवाई फायरपछि स्थिति नियन्त्रणमा छ ।
नेपाली काँग्रेसका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार प्रकाश शाहीबिच उत्पन्न विवाद बढेर झडपको अवस्था आएको हो । स्थलगत अनुगमनमा रहेका राष्टिय मानवअधिकार आयोगका मानवअधिकार संरक्षण अधिकृत रमेशकुमार थापाले दिएको जानकारी अनुसार, हवाई फायरसँगै अवस्था शान्तिपूर्ण रहेपछि मतदान कार्य भने रोकिएको छ । म अवस्थाको पुरा विवरण लिँदैछु, अधिकृत थापाले नेपालगन्जन्यूजसँग भने, क्रमश विवरण आउँदैछ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेललाई उद्धृत गर्दै थापाले भने, केही बेरमा अवस्था सुदृढ भएपछि मतदान प्रक्रियालाई निरन्तरता दिईनेछ । प्रहरीले थप घटनास्थलतर्फ थप सुरक्षाबल पठाइएको जनाएको छ।