नेपाली काग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पार्टी एक ढिक्का भएर अगाडी बढे स्थानीय तहको निर्वाचनमा काग्रेस पहिलो स्थानमा आउने दाबी गरेका छन् ।
बिहीबार नेपालगन्जमा नेपाली काग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधानसभाको चुनावमा जस्तै स्थानीय तहको चुनावमा पनि काग्रेस पहिलो स्थानमा आउने बताएका हुन् । उनले जनताको आस्थाको केन्द्र काग्रेस भएको उल्लेख गर्दै पार्टी नेता, कार्यकर्ताहरुलाई चुनावी अभियान तिव्र बनाउन निर्देशन दिएका थिए ।
महामन्त्री कोइरालाले पार्टी नेता, कार्यकर्ताहरुलाई तन, मन लगाएर निर्वाचनमा क्रियाशिल रहन निर्देशन दिंदै भने, ‘नेपाली काग्रेसले गरेको कार्यहरुको जनताले मूल्यांकन गरिरहेका छन् ।’ उनले विपिका सिद्धान्तलाई अंगालेमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र बा“चिरहनेमा जोड दिए ।
काग्रेस बाके सभापति किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रमका वक्ताहरुले जनमतमा विपी, घरघरमा काग्रेस, संगठन सुदृढिकरण हाम्रो सकल्प अभियान भन्ने नारालाई सबै कार्यकर्ताहरुले अंगाल्नु पर्ने बताएका थिए ।
पार्टी नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा सचिव कपिल देव शर्माले सांगठनिक, नीति तथा कार्यक्रम सचिव तप्प पौडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष निजामुद्दिन सिद्दिकीले प्रस्तुत गरेको उमेश शर्माले जानकारी दिए ।