खजुरामा धुमधाम धान दिवस


१७ आंै राष्ट्रिय धान दिवस खजुरामा धुमधामले मनाइएको छ । गाउँपालिकाको सहयोगमा लाफा कृषक समुहले आयोजना गरेको कार्यक्रमबीच धान दिवस भव्य रुपले मनाइएको हो ।
खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति खेतमा धान रोपेर १७ औं राष्ट्रिय धान दिवसको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा रोपाहारसँगै करीब आधा घण्टा धान रोपेका कक्षपतिले उत्पादन बढाउन पालिकाले कृषिलाई प्राथमिकतामा राखेको बताए ।
खजुरा वडा न ३ धौलागिरीको गुल्मेली टोलमा पन्चे बाजा सहित महिला र पुरुष हिले दौड,साना बालबालिका हिले दौड, महिला डोरी तान खेल आयोजना गरिएको धान दिवसको कार्यक्रममा खेलको बिजेता लाई खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भिम ओली र खजुरा कृषि शाखा प्रमुख पुनम पौडेल ले नगद पुरुस्कार प्रदान गरेका थिए ।


कार्यक्रममा खजुरा पालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी,कृषि शाखा प्रमुख पुनम पौडेल, राजनीतिक सल्लाहकार भिम ओली, मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमका सदस्य तथा अगुवा कृषक गेहेन्द्र धिताल, खजुरा वडा न २ अध्यक्ष देविलाल खनाल, वडा न ३ अध्यक्ष कान्तुराम गौतम, वडा न ४ अध्यक्ष तिलकबिर सुनार,अगुवा कृषक र पत्रकार ज्युहरु सहित लाफा कृषक समुहको पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम लाफा कृषक समुहको अध्यक्ष लिला थापाको अध्यक्षतामा भएको हो । त्यसक्रममा सहभागी कृषकहरु हिलो खेलेर रमाउनुका साथै कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया