विशेष केक मिक्सिङ गरेको सिद्धार्थले रुफटप रेष्टुरेन्टमा गेष्टलाई निम्त्याउँदै

अंग्रेजी नयाँ वर्षसँगै नेपाल भ्रमण वर्षको तयारीमा नेपालगन्जको चारतारे होटेल सिद्धार्थले सुखद आतिथ्यका लागि विभिन्न तयारी थालेको छ । शनिवारमात्रै केक मिक्सिङ कार्यक्रम गरेर अंग्रेजी नयाँ बर्ष, भ्रमण वर्ष र क्रिसमसको तयारी सुरु गरेको जनाएको सिद्धार्थले हरेक पाहुनालाई सम्झनलायक आतिथ्य गरिने जनाएको छ ।
सिद्धार्थ होटेलका महाप्रबन्धक सन्तोष न्यौपानेले नयाँ बर्ष र क्रिसमसको अबसरमा आफुहरुले पाउनाहरुलाई बिभिन्न प्रकारका स्वादिष्ट परिकार र मनोरन्जनात्मक कार्यक्रमहरु मार्फत स्वागत गरिने बताए । ‘मौलिक नेपाली खानादेखि विदेशी फ्लेवरका परिकारलाई सहुलियत रुपमै आन्तरिक तथा बाह्य पर्यटकका लागि व्यवस्था गरिएको छ,’ महाप्रवन्धक न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जकै अग्लो भवनको रुफटपमा रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइँदैछ ।’
यसैबीच, शनिवार एक कार्यक्रमबीच विशेष केक मिक्सिङ गरिएको छ । केक सेरेमोनीमार्फत नेपालगन्ज उप महानगरपालिका उप प्रमुख उमा थापा मगर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, होटेल ब्यवसायी संघका अध्यक्ष भीम कंडेल र सिद्धार्थ गु््रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने लगायतको सहभागितामा केक मिक्सिङ गरिएको हो ।
‘क्रिसमस जाडो महिनामा पर्ने भएकाले जाडो महिनाभरी खानका लागि डाइ फुट, गरम मसला र मदिरा लगायतका सामाग्रीहरु मिसाएर केक मिसिङ गरिन्छ,’ सिद्धार्थ ग्रुपका कर्पाेरेट सेफ एलबी कौशलले केक मिसिङ गर्ने तरिका सुनाउँदै भने । उनका अनुसार, काजु किसमिस, बदाम, पिस्ता लगायतका डाईफुड, थरिथरीमा मदिरा र बे्रडको धुलो, चकलेट पाउडर, अदुवा, दालचिनी, अलैची लगायतका सामाग्रीहरु मिसाएर केक मिसिङ गरेर क्रिसमसको अघिल्लो दिनसम्म राखिन्छ । मिक्सिङ गरेको केकलाई २६ डिग्री भन्दा कम तापक्रममा राखेर एक महिना सम्म खान सकिन्छ ।

‘यो वास्तवमा जाडोको तयारी र नयाँ वर्षको सुरुवातको सन्देश पनि हो,’ सिद्धार्थ बिजनेश गु्रप अफ हस्टिालिटीका प्रमुख अप्रेशन म्यानेजर बिनय थापाले मिसिङ गरेर राखेको केकमा अन्डा, बटर, सुजी, मैदा मिसाएर क्रिसमस र नयाँ बर्षका लागि केक बनाइने जानकारी दिंदै भने ।
नेपाल भ्रमण वर्ष २०२० लाई नेपालगन्जमा कसरी भव्य बनाउने र कसरी बढी भन्दा बढी पर्यटक भित्र्याउने भन्ने कसरतमा रहेका होटेल व्यवसायीहरु विभिन्न ढंगले सेवा सुविधा र पूर्वाधारको व्यवस्थापनमा लागिएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्टिालिटीका निर्देशक केशव न्यौपानेको भनाइ छ । भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिका सदस्य समेत रहेका न्यौपानलेले दैनिक नेपालगन्जसँग भने, ‘निजी क्षेत्रले पर्यटन वर्षको सफलताका लागि सक्दो प्रयास गरिरहेका छौं ।’








