पेट्रोलियम मूल्यवृद्धिविरुद्ध बबरमहलमा युवा आक्रोश, प्रहरी हस्तक्षेपपछि प्रदर्शन उग्र

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले प्रदर्शन गरेको छ।

सोमबार बबरमहलस्थित आयल निगम कार्यालयमा धर्ना दिन पुगेका प्रदर्शनकारीलाई प्रहरीले हटाएपछि उनीहरूले निगम नजिकै नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।

अभियानका सदस्यहरूले निगम परिसरमा धर्ना दिँदै ज्ञापनपत्र बुझाउने प्रयास गरेका थिए। तर समन्वय नभएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको जनाइएको छ। त्यसपछि प्रदर्शनकारीहरूले ‘प्रहरी दमन मुर्दाबाद’ र ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ जस्ता नाराहरू लगाउँदै विरोध जनाएका थिए।

प्रदर्शनमा सहभागीहरूले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन्। साथै, मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया

प्रतिक्रिया