नेपालगन्जका पुराना पत्रकार बद्रीप्रसाद गुप्ताको निधन भएको छ । नेपालगन्जको पत्रकारितामा उल्लेख्य योगदान पुर्याएका गुप्ताको ८२ बर्षको उमेरमा शुक्रबार राती निधन भएको उहाँका समवयी अवधी स्रष्टा विष्णुलाल कुम्हारले जानकारी दिए ।
केही समयदेखि अस्वस्थ अवस्थामा रहेका गुप्ताको नेपालगन्ज स्थित आफ्नै निवासमा निधन भएको हो । गुप्ता समाजसेवासँगै लामो समय राजनीति र पत्रकारितामा सक्रिय व्यक्तित्व हुन् ।
‘उहाँको व्यक्तित्व पत्रकारिता र राजनीतिमा समानान्तर ढंगले अगाडि बढेको देखिन्छ’, उनीबारे नजिकबाट अध्ययन थालेका पत्रकार सन्तोष रेग्मीले निधनपछि चिन्ता व्यक्त गर्दै भने, ‘राजनीतिक संरक्षण अभावले थिचिएको व्यक्तित्व अन्ततः लोकबाटै हराए ।’
कुम्हारका अनुसार, शनिबार गुप्ताको सिधनियाघाटमा दाहसंस्कार गरिएको छ ।











