श्रेष्ठको नेतृत्वमा साहित्य प्रतिष्ठान

सगरमाथा साहित्य प्रतिष्ठानको नेपाल शाखाको अध्यक्षमा नेपालगन्जका साहित्यकार बुद्धिबल श्रेष्ठ चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले श्रेष्ठलाई प्रतिष्ठानको नेपाल शाखाको नयाँ अध्यक्षका रुपमा सर्वसम्मत चयन गरेको हो ।

शाखालाई पूर्ण चलायमान गरि देशभरीमै सगरमाथा साहित्य प्रतिष्ठानलाई छुट्टै पहिचान बनाउने उद्देश्य

तत्कालीन अध्यक्षले राजिनामा दिएपछि नेपाल शाखाको अध्यक्ष पद खाली रहेकामा करिब एक वर्षदेखि सो पदमा कसैलाई चयन गरिएको थिएन भने अध्यक्षको राजिनामासँगै शाखा पनि क्रियाशील बन्न सकिरहेको थिएन ।

अब नेपाल भरी यो शाखाले विविध साहित्यिक कार्यक्रम गर्ने र नेपाल भरीका साहित्यकार हरुलाई यो प्रतिष्ठानमा गोलबद्ध गराउने र शाखालाई पूर्ण चलायमान गरि देशभरीमै सगरमाथा साहित्य प्रतिष्ठानलाई छुट्टै पहिचान बनाउने आफ्नो उद्देश्य भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया