ब्याजदर घट्ने क्रम रोकियो

पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ को ब्याजदर स्थिर छ । ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए । विगतका महिना अत्याधिक घट्दै गएको ब्याजदर पछिल्ला २ महिनादेखि घट्ने क्रम रोकिएको छ ।

समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो ।

व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ । जुन लामो अवधिका लागि हो ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।

संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान गरिएको छ । पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

फागुन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर

बैंकमाघको ब्याजदर %फागुनको ब्याजदर %
कृषि विकास५.५१५.५१
राष्ट्रिय वाणिज्य
नेपाल एसबीआई५.५५.५
लक्ष्मी सनराइज५.७५५.५
ग्लोबल आईएमई५.७५
कुमारी५.९१५.९१
प्राइम कमर्सियल६.२५६.२५
नेपाल५.६५.६
सानिमा६.०५६.०५
सिटिजन्स५.६५५.६५
नबिल५.७५५.७५
इन्भेस्टमेन्ट मेगा६.५६.५
सिद्धार्थ
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५
माछापुच्छ्रे
प्रभु६.१६.१
एनएमबी६.६६.६
एनआईसी एसिया६.६६.६
हिमालयन६.२५६.२५
एभरेस्ट

प्रतिक्रिया

प्रतिक्रिया