चार रुपियाले बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरिपनि बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको हो ।
यससँगै नेपालगन्ज, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ । काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने १७४ रुपिया पर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया