नरैनापुरमा चौधरीको प्रशासकीय नेतृत्व

नरैनापुर गाँउपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत गरिएको छ । बुधवार गाउँपालिकाको सभाहलमा भएको स्वागत सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवले नेपाली ढाका टोपी र फुल माला लगाएर स्वागत गरेका हुन् ।

नरैनापुरमा आएका चौधरी यस अघि डोटीको आदर्शगाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत थिए ।


थारुको गत फाल्गुन २७ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो । नरैनापुरमा आएका चौधरी यस अघि डोटीको आदर्श गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत थिए ।


नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडाध्यक्ष इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य, प्रेम मौर्य, वडा सदस्यहरु र कार्यालयका कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई स्वागत गरेका थिए ।
उपाध्यक्ष श्रीवास्तवले भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन आग्रह गरिन । नरैनापुरलाई राम्रो नरैनापुर बनाउन अधिकृतको भुमिका मुख्य रहने भएकाले यसलाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।


गाउँपालिकामा हाजीर हुदै प्रमुख प्रशासकीय अधिकृत चौधरीले गाउँपालिकाको बसाई अवधीभर गाउँपालिकाको विकास,समृद्धि र सुशासनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर केही गर्न नसक्ने भन्दै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारी सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने सबैको योगदान र त्याग बाट गाउँपालिकाले लिएको लक्ष्यमा पुग्न सक्ने भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ ।


नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया