नयाँ मन्त्रीहरूको शपथ साँझ ५ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरूलाई शीतल निवासमा साँझ ५ बजे शपथ ग्रहणको तयारी गरिएको हो ।

एमालेबाट पार्टी सचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर एमालेले पठाउने भएको हो ।

एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने बताइएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो ।

माओवादीबाट थप दुई मन्त्रीले शपथ लिने छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र र उपमहासचिव वर्षमानले अर्थमन्त्री बन्दैछन् । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

रास्वपाले पनि थप तीनजना मन्त्री टुंग्याएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।

शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

उपसभापति डीपी अर्याललाई श्रममा पठाइने भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया