नेपालगञ्जमा मानव वेचविखन विरुद्ध अन्तरसीमा कार्यशाला

रुपनी जि एम
बाँकेको नेपालगञ्जमा मानव वेचविखन विरुद्ध अन्तरसीमा कार्यशाला सम्पन्न भएको छ । सोमबार शक्ति समूहको आयोजनामा नेपाल भारत मानव वेचविखनको मुद्याहरुलाई रोक्न र सम्शोधन गर्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरु बीच अन्तरसीमा कार्यशाला सम्पन्न भएको हो ।

प्रमुख अथितिका रुपमा रहनु भएका नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले मानव बेबिखन रोक्न नेपाल भारतबीच प्रभावकारी सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालगञ्ज कर्णाली र लुम्बिनी प्रदेशको मुख्य आवतजावत गर्ने केन्द भएकाले मानव बेचबिखनको जोखिम बढी हुनेहँदा सरोकारवाल निकायहरुले सजगताका साथ काम गर्नु पर्नेमा जोड दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले पैसाका लागि धेरै नेपाली बेचिएको बताउनुभयो । उहाँले मानव बिरुद्धको अपराधीलाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने भएकाले यसका लागि हामी सबैले समन्वय गरेर जानुपर्ने बताउनुभयो । यस बिषयलाई ग्लोबली फाईट गरौं, उहाँले भन्नुभयो, नीतिगत कुरालाई पनि प्रभावकारी कार्यान्वयन गरौं ।

शक्ति समूहका अध्यक्ष एवं संस्थापक सदस्य नातीसरा राईले यस क्षेत्रमा काम गर्ने सबैको सहयोगमा अघि बढ्न सहज भएको बताउनुभयो । उहाँले यो क्षेत्रकै जोखिम क्षेत्र तथा प्रमुख नाका नेपालगञ्ज भएकोले यसमा जिल्लास्थित सम्बन्धित निकायबीच सहकार्य भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले पहिला र अहिले मानव बेचबिखनको प्रकृया र माध्यम फरक भएको बताउनुभयो । उहाँले हिजोआज मानव बेचबिखनमा पढेलेखेका र सबै कुरा बुझेकाहरु पनि रोजगार पाईने आशामा बेचबिखनमा परेको बताउनुभयो ।

‘नेपालगञ्ज केन्द्र भएको हुनाले शिक्षा, स्वास्थ्य र रोजगार पाईने आशामा मानव बेचबिखनको उच्च जोखिममा परेका छन् ।’ उहाँले भन्नुभयो,‘सरकारी जागिरे, शिक्षित र जान्नेबुझ्ने गरी सबै तह र तप्काका मानिसहरु विशेष गरी भारतमा मात्र नभई तेश्रो मुलुकहरुमा पनि बेचबिखनमा परेका छन् ।’
प्रहरी उपरीक्षक बोहराले मानव बेचबिखन रोकथामकालागी प्रहरीको पनि भूमिका गम्भिर भएर काम गरेको बताउँदै उक्त क्षेत्रमा काम गर्ने बाँकेका सबै संघ संस्थालाई कामका लागि काम गर्नुेपर्ने कुरामा जोड दिनुभयो ।

प्रहरीसँग समन्वय सहकार्य गरेर लैजान यो अपराधलाई नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सकिने बताउनुभयो । कार्यक्रममा शक्ति समूहका कार्यकारी निर्देशक बाल कुमारी दर्लामीले संस्थाको परिचय, गतिबिधी र प्रगति लगाएतका विषय प्रस्तुत गर्नु भएको थियो ।

शक्ति समूहका पूर्व अध्यक्ष चरिमाया तामांगले नेपाल र भारत दुवै देशमा नेपालीहरु असुरक्षित भएको विषयलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा गम्भिर हुन आग्रह गर्नुभयो । कार्यक्रममा कार्यतास ईण्डिया कलकत्ताका आशा रुस्लिन, भारतीय सीमानाका प्रहरी, भारतमा रहेर मानव बेचबिखन विरुद्ध काम गर्ने संघ संस्थामा आवद्ध प्रतिनीधिहरु, सिडब्लूसीका पतिनीधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया