डुडुवाद्धारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण सुरु


बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षाभत्तावितरण शुरु गरेको छ ।आर्थिक बर्ष २०८०-०८१ को प्रथम त्रेमासिकअन्र्तगत साउनदेखि असोजसम्मको भत्तावितरण गर्न थालिएको हो ।

गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आज सोमबारदेखि भत्तावितरण शुरु गरिएको छ । गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ का जेष्ठ नागरिकलाई रकम हस्तान्तरण शुभारम्भ गर्नुभयो ।

भत्ताविरतणकार्यको शुभारम्भ गर्दैअध्यक्षचौधरीले चिसोको मौसममानागरिकलाई सहजकताकालागियस वर्ष बैंककाकर्मचारीहरु वडा वडामा पुगेर भत्तावितरणको कार्य सुरु गरिएकोे बताउनुभयो । अध्यक्षचौधरीले भत्तावितरण प्रक्रियामा बैंिकङ लगायतप्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर)मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो ।

भत्तावितरण कार्यक्रममापालिकाकाउपाध्यक्षशाहिदाबानो, २ नं.का वडा अध्यक्षदुर्गाप्रसाद बर्मालगायतको उपस्थिती रहेको थियो । वार्ड नं. २ अन्र्तगतप्रहरी चौकीमाआजभत्तावितरण गर्न सुरु गरिएको पालिकाकाएमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताउनुभयो । उहाँकाअनुसार पालिकाले आर्थिक वर्षको दोस्रो त्रेमासिकको भत्ताको रकम इएफटी प्रर्णालीको समस्याका कारण खातामा रकमजम्मानभएकाले पहिलो त्रेमासिकको रकमवितरण गर्न लागिएको र यो रकमपछि वितरण हुनेछ ।

गाउँपालिकामापहिलो त्रेमासिककालागिचार हजार तीन सय ३८ जनालाई सामाजिकसुरक्षाभत्तावितरण गरिने पालिकका वडा सचिवशिवकुमार मौर्यले बताउनुभयो ।

वडासचिवमौर्यका अनुसार ६८वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रतिमहिना रु चारहजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल,विधुवाआर्थिक सहायतालाई प्रतिमहिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंताभएकाव्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीनहजार नौ सय ९०, अपांगताभएकाव्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ रजन्मेदेखि ५ वर्ष मुनिकादलितबालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकमवितरण गरिनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया