भ्रष्टाचारबिरुद्ध ‘नेपालगन्ज वाकाथन’

रुपनी जि एम
बाँकेको नेपालगञ्जमा ‘नेपालगन्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगन्जमा ‘नेपालगन्ज वाकाथन’ आयोजना  भएको हो ।

शनिबार बिहान ७ बजे नेपालगन्जको गणेशमान चौकबाट शुरु भएको उक्त ‘नेपालगन्ज वाकाथन’ नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका कार्यक्रमहरु भएका छन् ।

तेस्रो पटक आयोजना गरिएको वाकाथनले नेपालगन्जको पहिचानलाई विश्वसामू चिनाउने विश्वास गरिएको छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो ।

अन्तरालको ब्यवस्थापन तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा भईरहेको उक्त ‘नेपालगन्ज वाकाथन’ नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझि चौकमा गएर समापन भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया