गठन भयो, नेपालगन्ज स्वीमिङ क्लब

नेपालगन्जमा रहेका खेल पूर्वाधारको उपयोग गर्दै पौडीका खेलाडीको उत्प्रेरणा र विकासका लागि नेपालगन्ज स्वीमिङ क्लब गठन भएको छ । युवा उद्यमी केशवराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नेपालगन्ज स्वीमिङ क्लब गठन गरिएको हो ।


नेपालगन्ज स्वीमिङ क्लबको वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारी र उपाध्यक्षमा डा. नितेश कनोडिया छन् । महासचिव सविन घिमिरे, सचिव झविलाल शर्मा र कोषाध्यक्ष ऋषिराम कंडेल रहेको क्लबमा कृष्ण अधिकारी, चन्द्रराम चौधरी, डा. ओमप्रकाश मिश्र, हरिमाया गुरुङ र कर्ण बहादुर बस्नेत कार्यसमिति सदस्य छन् ।


किसन गुरुङ, सन्जय थापा, झलक गैरे, शंकर खनाल र राम बहादुर बोहरा रहेको सल्लाहकार समिति बनाएको क्लबले सरकारी तथा निजी क्षेत्रसँग साझेदारी, समन्वय गर्दै पौडीको समग्र विकासमा अग्रसरता देखाउने जनाएको छ ।

‘आज औपचारिक रुपमा दर्ता भएर यसले पूर्णत पाएको छ,’ नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘आजनै हामीले प्रदेश स्तरीय पौडी प्रतियोगिता आयोजना घोषणा गरेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया