रेष्टुरेन्टमा छापा, हिरासतमा जोडी

दिनदहाडै खुलेआम यौन व्यवसाय सञ्चालन गरेको भन्दै स्थानीयले आपत्ति जनाएपछि प्रहरीले नेपालगन्जको एउटा रेष्टुरेन्टमा छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।


महेन्द्र पार्क नजिकैको त्यो रेष्टुरेन्टमा आइतवार वडा प्रहरीले छापा मारेको हो । स्थानीयवासीले उक्त रेष्टुरेन्टमा दैनिकजसो दिनदहाडै यौनको व्यापार भइरहेको भन्दै दिएको सूचनाका आधारमा छापा मार्दा दुई युवतीसहित तीन जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।


‘नजिकै विद्यालय रहेकाले पनि यौनजन्य गतिविधिले निकै समस्या पारेको गुनासो आएको थियो,’ प्रहरीले दैनिक नेपालगन्जसँग भन्यो, ‘त्यसखालका जनगुनासोमा प्रहरी मौन रहने कुरै हुँदैन ।’

प्रतिक्रिया

प्रतिक्रिया