मोती जयन्तीमा कार्कीको ‘देवरात’

साहित्यकार शशिराम कार्कीद्वारा लिखित महाकाव्य ‘देवरात’ महाकाव्यको गृह विमोचन तथा विमर्श कार्यक्रम गरिएको छ ।


१५८ औं मोती जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरात महाकाव्यको विमोचन गरेका हुन् । डा. घिमिरेले देवरात महाकाव्यले साहित्यिक क्षेत्रमा नेपालगन्जको इज्जत बढेको बताए ।


कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले कार्कीले पछिल्लो समयमा नेपाली साहित्यमा पुराएको योगदान महत्त्वपूर्ण रहेको धारणा राखे । देवरातका समिक्षक द्वय डा. इन्द्र बहादुर भण्डारी र बिरेन्द्र शाहीले कवि कार्कीले महाकाव्य मार्फत उठाएका विषयवस्तुहरूको चर्चा गरेका थिए ।


भेरी समाजका केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाद्वारा मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गरिएको कार्यक्रममा कृतिकार कार्की र कवि किरण आचार्यले आफ्ना धारणा राखे ।
महेन्द्र पुस्तकालयका अध्यक्ष वलराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार चरित्रा शाह र भिम प्रज्वलले देवरात महाकाब्यका केही श्लोकहरू वाचन गरे ।


कवि विपि अस्तुले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ कथाकार प्राज्ञ सनत रेग्मी, प्राडा जनार्दन आचार्य, सुमित्रा न्यौपान, नवीन अभिलाषी, बि.पि. अस्तु, भिम वहादुर शाही, पङ्कज श्रेष्ठ , लक्ष्मी बस्याल, बालकृष्ण रेग्मी, बद्री ढकाल हिरामणि लगायत चार दर्जन बढी साहित्यकारहरू सहभागी रहे ।


‘शशिराम कार्कीले छोटो समयमा नेपाली साहित्यमा कथा, कविता, उपन्यास हुँदै महाकाव्य प्रकाशन गरेर नेपाली भाषा साहित्यलाई पुराएको योगदान उदाहरणीय र प्रशंसनीय छ,’ प्राज्ञसभा सदस्य महानन्द ढकालले भने ।

प्रतिक्रिया

प्रतिक्रिया