चौलागाईंको पुस्तक ‘राजनीति, विकास र प्रशासन’ सार्वजनिक

लेखक देविलाल चौलागाईको पुस्तक ‘राजनीति, विकास र प्रशासन’ सार्वजनिक गरेका छन् । शनिवार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा चौलागाईको पुस्तक सार्वजनिक गरिएको हो ।


पछिल्लो दुई दशक यता विभिन्न विषयमा कलम चलाउँदै आएका लेखक चौलागाईले पुस्तक सार्वजनिकीकरण गर्दै तत्सम्बन्धका विषय विज्ञसँग संवाद आयोजना गरि त्यसबारे बहस गरिएको छ ।


परम्परागत शैली परिवर्तन गर्दै पुस्तक विमोचन कार्यक्रमलाई लेखक चौलागाईले पुस्तकमार्फत उठाउन खोजिएका मुख्य विषयमा सम्बन्धित विज्ञ सहितको बहस आयोजना गरी त्यसबारे बहस गरे ।


पत्रकार तुला अधिकारीले सहजीकरण गरेको बहसमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कंडेल, प्रतिनिधिसभा सदस्य कान्ति सेजुवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटा र लेखक चौलागाईंले धारणा राखे । उनीहरुलेनै सामुहिक रुपमा चौलागाईको पुस्तक ‘राजनीति, विकास र प्रशासन’ सार्वजनिक पनि गरेका थिए ।


कार्यक्रममा ‘राजनीति, विकास र प्रशासनका छुट्टाछुट्टै विज्ञहरूले त्यसबारे प्यानल डिस्कसनमा सहभागिता जनाउँदै लेखक चौलागाईले पुस्तकमार्फत उठाउन खोजेका विषयहरूलाई केलाएका थिए । छलफलमा मुलुकको राजनीतिक परिवर्तन, यसको व्यवस्थापन र नागरिक अपेक्षाको सम्बोधन बारे नेकपा एमालेका उपमहासचिव समेत रहेका पूर्व मन्त्री ज्ञवालीले विज्ञका रूपमा धारणा राखे ।


नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधिसभा सदस्य कान्ति सेजुवालले राजनीति, विकास र प्रशासनको अन्तरसम्बन्ध सहअस्तित्व विधि निर्माणमा सांसदहरूको भूमिकाका विषयमा धारणा राखिन् ।


राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कंडेललाई विकास विज्ञका रूपमा मुलुकमा विकासको चुनौति, अवसर र सम्भावनाबारे धारणा राखे ।


नेपाल सरकारका पूर्व सचिव समेत रहेका राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले राजनीति र प्रशासनको अन्तरसम्बन्ध तथा सीमाहरू, नागरिकमा सेवा प्रवाहको अवस्था र नागरिकको अपेक्षाबारे आफ्ना धारणा राखेका थिए ।


नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेललगायतले धारणा राखेको कार्यक्रममा पुस्तक लेखन र उद्देश्य बारे लेखक चौलागाईंले प्रकाश पारेका थिए छन्, पुस्तक बारे समिक्षात्मक टिप्पणी वरिष्ठ पत्रकार, लेखक एवं प्रेस काउन्सिल नेपालका पूर्व सदस्य मनऋृषि धितालले राखेका थिए ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य दीपा शर्माले छलफलमा सहभागी थिइन् । अकोराबका अध्यक्ष अर्जुन गिरि पनि सहभागी थिए ।

दैनिक नेपालगन्जका नियमित स्तम्भकार चौलागाई नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष हुन् । दैनिक नेपालगन्जकै स्तम्भमार्फत ‘कर्णालीको विकासबारे नियमित बहस’ शुरु गरेका लेखक चौलागाईंको ‘राजनीति, विकास र प्रशासन’ पहिलो पुस्तक हो ।


दैनिक नेपालगन्जका नियमित स्तम्भकार चौलागाई नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष हुन् । दैनिक नेपालगन्जकै स्तम्भमार्फत ‘कर्णालीको विकासबारे नियमित बहस’ शुरु गरेका लेखक चौलागाईंको ‘राजनीति, विकास र प्रशासन’ पहिलो पुस्तक हो ।

प्रतिक्रिया

प्रतिक्रिया