न्यायिक समितिमा रुमिता र कौशल

उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा रुमिता श्रेष्ठ र कौशलकुमार धोबी निर्वाचित भएका छन् । उपप्रमुख संयोजक रहने समितिमा दुई जना सदस्य चुनिन बाँकी थियो ।


दुई जना सदस्यका लागि १४ जनाको उम्मेदवारी परेकोमा सर्वाधिक मत प्राप्त गर्ने श्रेष्ठ र धोबी निर्वाचित भएका हन् । श्रेष्ठ र धोबीले क्रमशः ७४ र ६१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । श्रेष्ठ वडा नम्बर ४ को वडा सदस्य र धोबी वडा नम्बर २० का वडा अध्यक्ष हुन् ।


निर्वाचन अधिकृत खिमानन्द अर्यालका अनुसार ११४ जना मतदाता रहेकोमा १०० जनाले मतदानमा भाग लिएका थिए । जुन कुल मतदाताको ८७.७२ प्रतिशत हुन्छ ।

नेपालको संविधान २०७२ को धारा २१७ बमोजिम उपमहानगरपालिकामा रहने न्यायिक समितिको संयोजकमा नगर उपप्रमुख रहने र २ जना सदस्यको हकमा नगरसभा सदस्यहरु मध्येवाट निर्वाचित सदस्य रहने कानुनी व्यवस्था बमोजिम आज निर्वाचन भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया