‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ कोषमा पाँच लाख

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ कोषमा रकम वृद्धि गरिएको छ । वरिष्ठ गायक स्व. प्रेम प्रकाश मल्ल ‘मधुकर’को नाममा छोरी वाणीश्री मल्ल र ज्वाईं बखत बहादुर मल्लले भेरी साहित्य समाजसँगको समन्वयमा स्थापना गरिएको पुरस्कार कोषमा पाँच लाख रुपिया रकम पु¥याइएको हो ।


शनिवार वरिष्ठ गीतकार स्व.प्रेम प्रकाश मल्ल ‘मधुकर’को ८८ औं जयन्ती मनाउने क्रममा आयोजित पुरस्कार अर्पण तथा श्रष्टा सम्मान कार्यक्रममा कोषका संस्थापक मल्लले १ लाख ६० हजार रुपिया प्रदान गर्दै कुल रकम ५ लाख पु¥याएको भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले जानकारी दिए ।


शनिवार भेरी साहित्य समाजले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ५१ हजार १११ रुपिया सहितको पुरस्कार साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ । यसैवर्षदेखि पुरस्कार राशी पनि वृद्धि गरिएको हो ।


‘हामी सामाजिक रुपमा कोष वृद्धि अभियान चलाउने सोंचमा हो, तर संस्थापकले आफै रकम थप गर्दै कोष वृद्धि गरिरहनु भएको छ,’ समाजका अध्यक्ष तिमिल्सिनाले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेसम्म कोषको ब्याजबाट पुरस्कार राशीमा अपुग रकमपनि संस्थापकज्यूबाट उपलब्ध गर्दै आउनु भएको छ ।’


शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि सनत रेग्मी, संस्थापक वाणीश्री मल्ल र बखत मल्ल, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, नेपालगन्ज वडानम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, प्राध्यापक डा.जनार्दन आचार्य, वरिष्ठ पत्रकार पूर्णलाल चुके, किरण आचार्य, इस्कफ उत्तरप्रदेश भारतका अध्यक्ष शारिक रब्बानी, पत्रकार झलक गैरे, शुक्रऋषि चौलागाईं, नारायण ज्ञवाली, सुमित्रा न्यौपाने,इन्द्र बस्नेत, हरि सुवेदी, पङ्कज श्रेष्ठ, बोधराज प्याकुरेल,चक्र अधिकारी, प्रभात सुवेदी, कृष्णमुरारी प्रसाद भट्ट, विक्रम शिशिर, बद्री ढकाल हिरामणिलगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया