खरेलको ‘रानी तलाउ’ लाई एक हजार डलरको पुरस्कार

बाँकेकी श्रष्टा उपन्यासकार कल्पना खरेलको उपन्यास “रानी तलाउ”ले एक हजार डलरको पुरस्कार प्राप्त गरेको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ उपन्यास “रानी तलाउ”का लागि उपन्यासकार खरेलले प्राप्त गरेकी हुन् ।

उपन्यासकार कल्पना खरेललाई यसवर्षको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ पनि प्रदान गरिने भएको छ । २०८० का लागि शब्दयात्रा प्रकाशनले यो पुरस्कार खरेल र र भवानी पाण्डेलाई प्रदान गर्न लागेको हो ।


सुमन तिम्सिनाले अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार लक्ष्मी जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उपन्यासकार खरेलले ग्रहण गरिन्् ।


‘रानीतलाउ’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाएकी उपन्यासकार खरेलले यो उपन्यासमार्फत समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको बताउँछिन् ।

सामाजिक अन्तर्विरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम भएकी खरेलले सर्वउत्कृट पुरस्कार जित्न सफल भएकी हुन् ।


खरेलको यस उपन्यासले पवित्र र दृढ इच्छाशक्ति सर्वशक्तिमान हुन्छ भन्ने कुरालई आकर्षक ढङ्गले उठाएको छ । सबैभन्दा ठूलो कुरा यसमा मानव आत्माको कुनै जात हुँदैन भन्ने नै हो, यही कुरा सुन्दर ढङ्गले उपन्यासमा उठाइएको छ ।


खरेललाई यसवर्षको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ पनि प्रदान गरिने भएको छ । २०८० का लागि शब्दयात्रा प्रकाशनले यो पुरस्कार खरेल र र भवानी पाण्डेलाई प्रदान गर्न लागेको हो ।


शब्दयात्रा प्रकाशनले खरेल र पाण्डेलाई संयुक्त रूपमा पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । साहित्यकार अमर त्यागीले कोष व्यवस्थापन गरेको उक्त पुरस्कारमा ८–८ हजार रुपैयाँ, अभिवन्दनपत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिने उल्लेख छ ।


कल्पना खरेलका सात कृतिहरू प्रकाशित भइसकेका छन् । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् ।
खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचनालगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया