नरैनापुर ५ नं.वडा कार्यालयबाट सूचना माग

बाँके नरैनापुर गाउँपालिका ५ नं.वडा कार्यालयबाट स्थानीय युवा विरेन्द्र कुमार यादवले आज सूचना माग गरेका छन् ।

अध्ययन तथा विवरण सत्यापन प्रयोजनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिमको अधिकार प्रयोग गरि ५ नं.वडा कार्यालयबाट सूचना माँग गरिएको यादवले बताए ।

पछिल्लो समयमा नरैनापुर गाउँपालिकाले विनियोजित गर्ने विकास बजेटमा ब्यापक अनियमितता हुने गरेको तथ्यलाई सत्यापन गर्न आर्थिक वर्ष ०७७।०७८, ०७८।०७९ र ०७९।०८० मा नरैनापुर गाउँपालिकाबाट वडाले प्राप्त गरेको विकास बजेटको विवरण माँग गरिएको यादवले बताए ।

वडा कार्यालयको दर्ता नं.३५८ मा दर्ता भएको सूचनाको निवेदनमा तीन वर्ष भित्र वडाले प्राप्त गरेको बजेट र संचालन भएका योजना तथा ती योजना संचालक फर्म वा ब्यक्तिको विवरण माँग गरिएको हो ।

वडा कार्यालयमा कार्यरत स्थायी र करार कर्मचारी नाम ठेगाना र पद सम्बन्धी विवरणका साथै आर्थिक वर्ष ०७७।०७८, ०७८।०७९ मा कुन कुन सेवाबाट जम्मा कति राजश्व रकम संकलन भएको सम्बन्धी सूचना माँग गरिएको हो ।

सूचनाको हक सम्बन्धी ऐन बमोेजिम माँग भएको सूचना १५ दिन भित्र सूचना माँगकर्तालाई उपलब्ध गराउनु पर्ने बाध्यकारी ब्यवस्था छ ।

प्रतिक्रिया

प्रतिक्रिया