सहकारी अनुगमन: सुझाव दिइँंदै, प्रतिबद्धता लिंइँदै

नेपालगन्ज उपमहानगरपालिकाले आइतवार पनि नगरका सहकारीको अनुगमन गरिरहेको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकारी शाखाले सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन गरिरहेको जनाएको हो ।

शाखा प्रमुख प्रविणकुमार रानाले सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रुटि र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिँदै सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन गर्दै आएको सहकारी बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीहरुको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आइतवार थप दुई वटा सहकारी संस्थाको अनुगमन गरेको हो ।

अनुगमनमा जिल्ला सहकारी संघका प्रबन्ध संचालक नवराज उपाध्याय, नगर सहकारी प्रमुख राना, नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित अनुगमन टोलीले केही दिनदेखि निरन्तर सहकारीहरुको अनुगमन गरिरहेको छ ।

आइतवार नेपालगन्ज–१८ कारकाँदोस्थित पशुपति बहुउद्देश्यीय सहकारी संस्था र सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुगमन गरिएको जनाएको छ ।

ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनुपर्ने प्रक्रिया लगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले जानकारी दिए ।

अहिलेलाई सुझावसहित सच्चिन आग्रह गरिएको तर अर्को पटक अनुगमन गर्दा नसच्चिएको पाइए कार्वाहीको प्रक्रिया अगाडि बढाइने सहकारी शाखा प्रमुख रानाले बताए । पशुपति र सहारा दुबै सहकारीले प्राप्त सुझाबका आधारमा त्रुटिहरु सच्चाउँदै आगामी दिनमा सुव्यवस्थित र सृदृढ ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएको अनुगमनमा सहभागी पत्रकार नविन गिरिले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया