बाँकेका सात व्यक्तित्वलाई सम्मान

मुस्लिम जर्नलिस्ट क्लबद्वारा १३० जना मुस्लिम जनप्रतिनिधिलाई मायाको चिनो


मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बाँकेका सातजना व्यक्तित्वलाई ‘अन्तर्राष्ट्रिय सेवा सम्मान’ प्रदान गरिएको छ ।


‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका मुस्लिमहरुलाईलाई मायाको चिनो प्रदान गरिएको हो ।


मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानका अनुसार, क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा उक्त सम्मान उपलब्ध गराएइको थियो ।
बरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, प्रदान गरिएको छ ।
त्यस्तै, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह, पूर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ प्रदान गरिएको अध्यक्ष खानले बताए ।
पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन् । सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायत छन् ।
क्लबको आयोजना, एनआरएनए क्यालोफोर्निया, देउराली फाउण्डेशन र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा भएको कार्यक्रमको संचालन असलम भाटले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया