साहित्यिक पर्यटनमा निस्किएको साहित्यकार टोली कोहलपुरमा

भैरहवा -लुम्बिनी-रारा साहित्यिक पर्यटनमा निस्किएको टोलीलाई कोहलपुरमा स्वागत गरिएको छ ।

प्रा.डा. कपिल लामिछाने, साहित्यकार रुद्र ज्ञवाली, रमेश समर्थन, तीलक लामिछाने सहित ८ जनाको साहित्यिक टोलीले कोहलपुरको ज्ञानोदय पुस्तकालयको अवलोकन गर्नुका साथै केही साहित्यिक पुस्तक समेत हस्तान्तरण /आदान-प्रदान गरेको जानकारी पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रश्रित फाउन्डेसनले माघ महिनामा आयोजना गरेको १०/१२ देशका कवि सहभागी रहेको खुला कविता प्रतियोगितामा द्वितीय भएका साहित्यकार, वागेश्वरी क्याम्पसका उप प्राध्यापक पुष्कर रिजाल ‘पुष्प’लाई प्रत्यक्ष भेटी फाउन्डेसनका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछाने र निर्णायक मध्ये एक रुद्र ज्ञवालीले प्रमाण पत्र प्रदान गरेका थिए ।

सो साहित्यिक टोलीले कोहलपुर विद्यानगरमा रहेको तक्षशिला एकेडमीको भ्रमण गरी पुस्तकालयका लागि साहित्यिक र बाल पाठ्यसामग्री हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, प्राज्ञ शशिराम कार्की, साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, चेतकान्त भट्टराई , तक्षशिलाका प्रिन्सिपल मुकुन्द्रविक्रम शाह, कवि नवीन अभिलाषी, छविलाल खड्का,मणि गैरे लगायतका बाँकेका साहित्यकारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रतिक्रिया