नेपालगन्जमा निर्वाचन सुरक्षा केन्द्रीत बैठक

आसन्न निर्बाचनलाई लिएर भारतीय सीमाबर्ति क्षेत्रको सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउने बिषयमा छलफल गर्न नेपाल र भारतका सीमाबर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको समन्बय बैठक नेपालगन्जमा सुरु भएको छ ।


बैठकमा नेपाल तर्फबाट बाके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु र भारतिय सीमाबर्ति जिल्ला बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्थात डिएम सहित जिल्ला तहका प्रहरी र एसएसबीका प्रमुखहरु सहभागी छन ।


आम निर्बाचनका बेला सीमा क्षेत्रको सुरक्षा ब्यबस्था प्रभाबकारी बनाउने र निर्बाचनको मतदानका बेला सिमा नाका बन्द गर्ने लगायत लागुऔषध नियन्त्ररण, साना हतियार र बिस्फोटक पदार्थको ओसारपसार, अपराध गरेर छिमेकी जिल्लाहरुमा लुकी छिपी बस्ने अपराधी माथि कारबाही, चेलिबेटी बेचबिखन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्ररण संग सम्बन्धित बिषयमा छलफल हुने बाकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।


नेपाल र भारतमा निर्बाचन हँुदा मतदानको बेला ७२ घन्टा सम्म नेपालगन्ज रुपैडिया लगायत बाँके र बर्दिया जिल्लाका नाकाहरु बन्द गर्ने गर्ने गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया