नेपाली नागरिक संग एक नागरिकको अपिल

बिगत महिना दिनमा नेपाल धेरै खाले खेलको कृडास्थलि बन्यो । यो क्रम कतिसम्म चल्ने हो भन्न सकिने स्थिति छैन । यहाँ मन्चन गरिने सबै खाले खेलका सहभागी खेलाडीहरुमा स्वदेश कै रा. दलका ठुला अनि मझौला कदको नेतृत्व बर्ग नै देखियो । खेल खेल्न त्यति सजिलो पनि त छैन । किनभने हरेक खेलका आफ्नै नियम र नैतिक मान्यताहरु हुन्छन् । जस्को अनुगमन गर्नेकाम रेफ्रिले गर्ने गर्छ । रेफ्रिको साङ्केतिक निर्देशन नै उनीहरुका लागि आधारभुत मार्गदर्शक बन्छन् । हरेक राजनीतिक दलका नेताहरू रेफ्रि संग नजिक हुन चाहिने विविध उपायहरुको खोजिमा छन् । उसलाई आफुअनुकुल बनाउन संयुक्त राज्य अमेरिकाको ह्वाइटहाउस, दिल्लीको साउथ ब्लक लगायत गलि, मोहल्ला र सरकारी आवसिय बङ्गलासम्मको दौडाहामा बेला बखत निक्लेको सुनिन्छ अनि पेपरहरुमा पढन पाइन्छ । जसले नेपालीलाई सशंकित बनाउँछ ।

अनायासको यसखाले घुमाई नेपालीका लागि नौलो भने पटक्कै होइन । तर, यस्तो खाले ‘बिन बुलाए मेहमान’ भएर हाम्रा पूर्व प्र.म.हरु सचिवजीहरु बिदेशी मुलुकमा जानु देशबासी र उहाँहरु स्वयंका लागि कत्तिको सुहाउने कुरा हो ? यस प्रकारका केटाकेटी शैलीका व्यवहार अनि अभिब्यक्तिले देशको अन्तर्राष्ट्रिय सम्मानमा के नोक्सानी गर्दैन ? के हामी सचेत राष्ट्रवादी जनताको सिर निहुरिदैन ? त्यसैले अब त अतिनै भो हामी जागौ । धेरै ढिलो भै सक्यो । अब पनि हाम्रो होस खुल्दैन भने अरुलाई दोषदिएर उम्किन मिल्दैन । जसको क्षतिपूर्ति असम्भव छ ।

यस्तै कहाली लाग्दो परिवेशबाट हामी गुज्रिरहेका छौ । यस्तो घरि घरि किन हुने गर्छ ? के काठमाडौं बासी (हालको अबस्थामा) लाई सबल, स्वाभिमानी र आत्मनिर्भर नेपाल चाहिदैन ? के सदैब राजदुतावासबाट फालिएको जुठोले पुग्ला ? यसप्रकारबाट आर्जित सान र बनावटि मानले कतिदिन थेक्ला ? यस्तै अनुत्तरित प्रस्नले मलाई पिरोल्ने र चिमोट्ने गर्छ ? के तपाईंलाई गर्दैन ? यस्तै यस्तै कुराहरुको एउटा÷एउटा कडी जोड्दै जाँदा मलाई २०५८, ०६२÷०६३ ताका नेपाली मिडिया, प्रेसक्लब अनि बिग हाउसेसबाट प्रकाशित हुने पेपरहरुमा दैनिक जसो माओवादी विद्रोह बारे रङ्गिन फोटा सहितका लेख लेख्ने प्राध्यापक, बरिष्ठ चिकित्सक अनि पत्रकारहरुबाट माओवादी बिद्रोह अनि नेतृत्व बारे हिजो आज गरिने नकारात्मक टिप्पणीले मलाई बेला बेला दिक्क बनाउँछ । कुरा के भने म एउटा मोपसलको शिक्षकले माओवादीहरु बाह्य शक्तिको आडमा यस्तो काम गर्दैछन भन्दा उहाँ हरुमा त्यो चेत किन आएन ? मेरो प्रस्न उहाँहरु जस्तालाई यहीनेर छ । के यसको जबाफ ती प्रोफेसर अनि चिकित्सक सङ्ग छ ?

मेरो सामान्य सोचका आधारमा म के निक्र्यौलमा पुगेँ भने, यदि तत्कालीन माओवादी दल सत्तामा पुगेको अबस्थामा उनीहरुलाई क्रिमि पदहरुमा ब्यबस्थापन गर्ने वचन माओवादी नेतृत्वले दिएको हुनुपर्छ । हैन भने हरेक कार्यक्रमको प्रारम्भ वा अन्तमा भए पनि माओवादी नेतृत्वको उछिटो काट्न किन बिर्सनु हुन्न । लेखक द्वन्द्वकालमा पनि आफ्नै बलबुता र विवेकले तिमिहरु सञ्चालित छौ भन्ने गर्थे । आज त्यो काम बरु मैले गर्दा सुहाउथ्यो होला ? धन्यवाद ।

प्रतिक्रिया

प्रतिक्रिया