विचार

आजको एक दिन पछि अर्थात ०७९ बैशाख ३० गते स्थानीय तहमा निर्वाचन हुने दिन रहेका छ । जनताले फेरी ५ बर्ष पछि आफ्ना स्थानीय जनप्रतिनिधि चुन्न लागेको दिन हो बैशाख ३० । त्यसैले यो सुनौलो अवसरबाट कोही पनि नछुटौ । आफ्नो मताधिकारको सहिप्रयोग गरौ ।
आवधिक निर्वाचन लोकतन्त्रको मुटु हो । निर्वाचनले लोकतन्त्रिक शासन ब्यवस्थाको सुढृढीकरणमा मद्दत पु¥याउछ । एकात्मक शासन व्यवस्थाको सट्टामा नेपालले सङ्घीय शासन व्यवस्थालाई अङ्गीकार गरेको हुँदा नेपालको संविधान बमोजिम सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनाको लागि आवश्यक नीतिगत, कानूनी, संरचनागत, जनशक्ति व्यवस्थापन, वित्तीय तथा प्रणालीगत अन्तरसम्बन्धको व्यवस्थाका हुनुका साथै तिनको कार्यान्वयनका लागि निर्वाचिन स्थानीय तहको निर्वाचन हुन अपरिहार्य छ ।


संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयनले नै लोकतान्त्रिक गणतन्त्रको सस्थागत बिकासमा मद्दत पुग्दछ । त्यसका लागि आगामीे ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित वातावरणमा सम्पन्नगर्न गराउनमा हाम्रो सबैको भुमिका रहन्छ । निर्वाचन विनाको लोकतन्त्र वास्तविक लोकतन्त्र हुन सक्दैन । निर्वाचनबाट बन्ने स्थानीय सरकारले स्थानीय तहमा लोकतन्त्रको अभ्यास बलियो बनाउनमा मद्दत गर्दछ ।

मतदानको माध्यमबाट प्रतिनिधि छनौट गर्ने प्रक्रिया निर्वाचन हो । मतदानको माध्यामबाट जनताको वास्तविक मत बुझ्ने र सोहीअनुसार आफ्नो भूमिका बनाउने माध्याम पनि निर्वाचन नै हो । निर्वाचनलाई सम्बद्ध सबैले स्वस्थ प्रतिस्पर्धाको रूपमा ग्रहण गर्नु पर्दछ । निर्वाचनका सन्दर्भमा एकअर्काका विरूद्ध झुठो प्रचार प्रसार नगर्नु मतदाता समक्ष सबै दल÷उम्मेदवारहरूले निर्भिक र सुरक्षितभई आ–आफ्ना विचार खुला रूपमा पु¥याउ नपाउनु पर्दछ । निर्वाचनमा सबैको समान सहभागिताको सुनिश्चितता हुनु, मतदाताले कुनै किसिमको डर, त्रास, धम्की तथा प्रलोभनमा नपरी स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु, उम्मेदवारले निर्धक्क भएर उम्मेदवारी दिन र प्रचारप्रसार गर्न पाउनु, निर्वाचन प्रक्रियामा संलग्न हुने सबैले सुरक्षित रहेको अनुभूति गर्न पाउनु, निर्वाचनमा संलग्नहुने निकाय, पदाधिकारी र कर्मचारी तटस्थ रहनु, निर्वाचनमा पर्यवेक्षणको व्यवस्था हुनु र राज्यको स्रोतसाधन कुनै दल वा उम्मेदवारका पक्षमा दुरूपयोग नहुनु निर्वाचनका आधारभुतमुल्य र मान्यता हुन् ।

लोकतन्त्र त्यतिबेलामात्र सुदृढ हुन्छ, जतिवेला स्थानीयतहको निर्वाचनबाट निर्वाचित पदाधिकारीले स्थानीय सत्ता प्रभावकारी रुपमा चलाउँदछन् । स्थानीयतहका बाटोघाटो, स्वास्थ्य, शिक्षालगायतका विषयमा जनताका आकांक्षालाई पूरा गर्न स्थानीय सरकार जब क्रियायाशील हुन्छ, त्यतिबेला मात्र लोकतन्त्र जनतामाझ पुग्न सक्छ । यदि स्थानीयतहमा जनताको सहि प्रतिनिधित्व हुन सकेन, जनताबाट निर्वाचित अंगले राम्रोसंग काम गर्न सकेन भने लोकतन्त्र सिंहदरबारको अग्लो चौघेरा र नेताको घरभित्र मात्र कैद हुन पुग्दछ । लोकतन्त्रको मुटु भनेकै निर्वाचन हो । त्यसैले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नु आजको आवश्यकता हो । त्यसैले पहिलो खुडकिलोको रुपमा रहेको स्थानीय तहको निर्वाचनमा सबैले उत्साहपूर्वक भागलिई मतदानमा सरिक हुन जरुरी छ । तीनवटै तहका निर्वाचन विना न लोकतन्त्रको कल्पना गर्न सकिन्छ, न त समृद्धि र विकास निर्माणको आशा गर्न सकिन्छ । त्यसैले विकास, निर्माण, सुशासन र लोकतन्त्रका लागि निर्वाचन हुन आवश्यक छ र त्यसमा हामी सबैको सक्रिय सहभागितामा हुन पनि उत्तिकै जरुरी छ ।
निर्वाचनमा कसले जित्छ, कसले हार्छ, त्यो गौण विषय हो । निर्वाचन सम्पन्न भएपछि ब्यक्तिको हारजित भएपनि जनताले जित्छन् । लोकतन्त्रले जित्छ, । देशले जित्छ र नेताहरूले पनि जित्छन् । निर्वाचनमा मान्छेको हारजित भएपनि पद्धति र मुलुकको भविष्यको भने सधैँ जित हुन्छ । त्यसैले लोकतन्त्रिक शासन ब्यवस्थाको सुदृढीकरण र जनताको अधिकार सुनिश्चितताको लागी पनि सबैले मतदानमा सरिक हुन जरुरी छ । निर्वाचन आफूले जितिन्न भन्ने सोच राखेर निर्वाचन भाँड्ने, बाधा बिरोध गर्ने र धाँधली गर्ने नियत कसैले पनि राख्न हँुदैन ।
०७९ बैशाख ३० गतेहुने स्थानीयतहको निर्वाचनले गणतन्त्र स्थापना पश्चात दोश्रो पटक स्थानीय तह जनप्रतिनिधिको हातमा पुग्नेछ । ५ वर्षपछि स्थानीय तहको जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न पाउने भएपछि जनतामा उत्साह छाएको छ । दोश्रो पटक स्थानीयतहको निर्वाचन हुन लागे सँगै २०७२ असोजमा जारी भएको नेपालको संविधान कार्यान्वयन अर्को फड्को मार्नेछ । स्थानीय तहमा एकैसाथ जनप्रतिनिधि बहाल हुनेछन् र जनताका आधारभुत समस्यामा आफूलाई केन्द्रित गर्नेछन् ।

लोकतन्त्रमा बहुमतको कदर र अल्पमतको सम्मान हुन्छ । अल्पमत र बहुमत छुट्ट्याउने बैधानिक आधार भनेकै निर्वाचन नै हो । आफुलाई लोकतन्त्रमा बिश्वास गर्छौ भन्ने राजनैतिक दलहरुले यसको पालना गर्नु पर्ने हुन्छ । बहुमतको आडमा अरुको कुरा नसुन्ने र उसको भावनालाई नबुझी अल्पमतलाई पेल्ने गरिनु हुदैन भने अल्पमतले पनि बहुमतको निर्णय मान्दै मान्दिन, मैले भनेकै हुनु पर्दछ भन्ने जस्तो अलोकतान्त्रिक संस्कार देखाउनु हुँदैन ।

निर्वाचन राजनैतिक दलहरुका लागि आफ्नो जनमत मापन गर्ने माध्याम पनि हो । आफ्नो दलका नीति तथा कार्यक्रम र उम्मेदवारका पक्षमा कति जनताले मत गरे वा आफ्नो दलका कति जना अनुमोदित भयो भनी थाहा पाउने माध्यम निर्वाचन नै हो । आफ्ना एजेण्डाहरु नाराका रुपमा निर्वाचनमा लगी जनअनुमोदित गराउने माध्याम निर्वाचन नै भएकाले निर्वाचनबाट कोही पनि भाग्ने र बिथोल्ने गर्नु हुँदैन । बिधि र प्रक्रिया बमोजिम भएको निर्वाचन परिमाण मान्दिन भन्ने प्रर्यत्न कसैले गर्नु हुँदैन । सके आफ्ना बिचार र भनाईलाई अरुबाट समर्थन खोज्ने.नभएबिधि र प्रक्रिया अनि जनमत स्वीकार गरि त्यसै अनुसार अगाडी बढ्नुको बिकल्प हुँदैन । बिगतमानेपालमा धेरै पटक द्वन्द्व भयो । जसका कारण धेरै जनधनको क्षति पनि भयो । पहिलेका द्वन्द्व र आन्दोलनका पीडितहरुले अहिलेसम्म न्यायको अनुभुति गर्न सकेका छैनन् भने पीडकहरु दण्डहिनतामा रमाइरहेका छन् । जनतालाई दुख र पीडा दिने काम कसैबाट नगरौ । लोकतान्त्रिक बिधि र प्रक्रियाबाट कोही पनि अलग नहोउ । निर्वाचनलाई लोकतान्त्रिक पद्धती बमोजिम अनुशरण गर्दै स्वच्छ तरिकाले स्थानीय तहमा नयाँ सरकार चुन्ने माध्याम बनाउ । बिकास र सम्बृद्धिको ढोला खोल्ने कार्यमा सबै जुटौ ।

अवको निर्वाचनका माध्यामबाट बन्ने स्थानीय सरकारबाट जनताहरुले राज्यको अनुभुति गर्न पाउनु पर्दछ । स्थानीय तवरमा सिंह दरवार भएको अनुभुतिगर्न पाउनु पर्दछ । राज्यद्वारा उपलब्ध गराइने सेवा सुबिधाहरु र बिकास निमार्णका हरेक कार्यहरुमाजनताको प्रत्यक्ष सहभागिता हुन जरुरी हुन्छ । स्थानीय निकायमा असल इमान्दार राजनैतिक नेतृत्व चयन हुन सकेको खण्डमा समाजले बिकास निर्माणका हरेक कुरामा मात्र नभई अन्य समाज परिवर्तन र सुशासनको पक्षमा समेत फड्को मार्न सक्छ । बिशुद्ध समाज सेवाको भावनालिई राजनीतिमा होमिएकाहरुले समेत आफुलाई सामाजिक रुपमा रुपान्तरण गर्ने शुद्धिकरण गर्ने अवसर प्राप्त गर्न सक्दछन् ।
अन्तमा लोकतन्त्रको मुटु नै निर्वाचन भएकाले बैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनमा सबैले उत्साहका साथ भाग लिगौ । लोकतन्त्रको जगलाई तलैसम्म पु¥याउन र जनतालाई वास्तविक रुपमै अधिकार सम्पन्न बनाउनका लागि हामी सबैले मतदानको अधिकार प्रयोग गरौ । स्वच्छ, निष्पक्ष र भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन गर्नमा सबैले सहयोग गरौ । मानवअधिकार उल्लघंनमा संलग्न नभएको, असल, व्यवहारिक, मानवअधिकार र कानुनको शासनको सम्मानगर्ने, अर्काको इज्जत गर्ने, भरपर्दा तथा उदाहरणीय उम्मेदवारहरूलाई मतदान गरौ । आफ्नो मताधिकारको प्रयोग गरि सहि प्रतिनिधि चुन्ने अवसरबाट कोहि पनि नचुकौ । लोकतन्त्रिक गणतन्त्रको संस्थागत बिकासका लागि, सिंहदरवारबाट प्रयोग हुने अधिकार अब गाउँघरबाटै प्रभावकारी उपभोगको वातावरण बनाऔ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया