सञ्चारिकामा रुपनी जिएमको सर्वसम्मत नेतृत्व

सञ्चारिका समुह बाँकेको नेतृत्वमा रुपनी जिएम सर्वसम्मत चुनिएकी छन् । विहीवार भएको ५ औं साधारण सभा तथा अधिवेशनले रुपनीको नेतृत्वमा सर्वसम्मत नयाँकार्य समिति चयन गरेको हो ।


सात सदस्यीय सञ्चारिका बाँकेको उपाध्यक्षमा सरला सुबेदी, सचिव पबित्रा परियार र कोषाध्यक्ष धना केसी छन् । सदस्यहरुमा अनिता बिक , स्मृति देवकोटा र सपना परियार छन् ।


सञ्चारिका समुह बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलको प्रमुख आतिथ्यता एवम् समूहका पूर्वअध्यक्ष डा. मुना श्रेष्ठको विशिष्ट आतिथ्यमा अधिवेशन भएको हो । दुबै वक्ताले पत्रकार महिलाका हकहितमा सञ्चारिकाले काम गर्नुपर्ने बताए ।


रुपा गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य हेमन्त बिक, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, प्रेस चौतारीका लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, क्रियाशील पत्रकार महिला बाँकेका सावित्री गिरी, आदीवासी जनजाती पत्रकार संघका अध्यक्ष भगतराम थारु, थारु पत्रकार संघ बाँकेका पूर्वअध्यक्ष बिमला चौधरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया