लुम्बिनीमा त्रिपिटक वाचन पुनः हुने


मनोरञ्जन शर्मा /रुपन्देही, ७ साउन :
गत बर्ष देखि बुद्धजन्मस्थल लुम्बिनीमा सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक बाचन कार्यक्रम यस बर्ष पनि निरन्तर हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा बिगत १६ बर्ष देखि त्रिपिटक बाचन भैरहेता पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत बर्ष त्रिपिटक गुन्जिएको थियो ।


लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउने लक्ष्य सहित गतबर्षको कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागीएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एबं आयोजक समितीका संयोजक भिक्षु मैत्रेय महास्थबिरले जानकारी दिए ।


गत बर्ष पहिलो पटक लुम्बिनीमा बाचन हुदा त्रिपिटकको लयले लुम्बिनी क्षेत्र गुन्जायमान भएको थियो । त्यसबेला ३ दिन सम्म स्वदेशी र बिदेशी गरी हजारौ बौद्धमार्गी एबं अन्य धर्ममा आस्था राख्ने लुम्बिनीको त्रिपिटक बाचनमा सहभागी भएका थिए ।

लुम्बिनीमा भएको पहिलो त्रिपिटक च्यान्टिंगमा सहभागी भिक्षुहरु ।
त्रिपिटक च्यान्टिग सुरु पुर्ब लुम्बिनीमा भएको शान्ति यात्रा
फाईल तस्बिर ः मनोरञ्जन शर्मा


यस पटक पनि ३ दिननै नोभेम्बर १४ देखि १६ मै लुम्बिनीको मायादेबी मन्दिर परिसरमा आयोजना गर्ने गरी तयारी सुरु भएको छ ।
त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ हो । अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।


त्रिपिटक बाचन कार्यक्रममा लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा )गर्दा सुनाउनु भएको बसन्त जातक सुत्र तथा शाक्य र कोलिय राज्यहरुका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र समेत बाचन हुने जनाईएको छ ।


त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ– आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन । गत बर्ष जस्तै यस बर्ष पनि थाईलैन्ड,बर्मा, श्रीलंका, कोरीयन, जापानीज, भियतनाम, लाओस ,चाईनिज, कम्बोडियाका भिक्षुहरुका साथै नेपाली र हिमालयन भिक्षुहरुको समेत सहभागितामा त्रिपिटक बाचन हुनेछ ।


अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा गत बर्ष कार्यक्रम हुदा लुम्बिनी बिकाश कोष संगै बिभिन्न संघसस्थाले कार्यक्रमलाई सहयोग गर्दै लुम्बिनीमा त्रिपिटक गुन्जन गराउन भूमिका निर्बाह गरेका थिए ।
बर्ष २०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्षको रुपमा मनाईरहेको र भ्रमण बर्षको क्यालेन्डरमा पनि त्रिपिटक बाचन कार्यक्रम समाबेश भएकाले यस पटकको कार्यक्रममा प्रदेश सरकारको पनि उपस्थिती हुने देखिएको छ ।


यसै बिच कार्यक्रमलाई सफलतापूर्बक सम्पन्न गर्न अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एबं अन्तर्राष्ट्रिय बौद्ध समाजका सस्थापक भिक्षु मैत्रेय महास्थबिरको अध्यक्ष्तामा लुम्बिनी ईन्टरनेशनल त्रिपिटक च्यान्टिंग कमिटी नेपाल गठन भएको छ । अब प्रत्येक बर्ष लुम्बिनीमा हुने त्रिपिटक बाचन कार्यक्रम यो सस्थाले गर्ने छ । यो समितीको सह अध्यक्षमा लुम्बिनी स्थित थाई मोनाष्ट्रीका प्रमुख भिक्षु सुपथ रहेका छन् । त्यसै गरी सचिब द्धयमा भिक्षु आदित्य र भिक्षु म्याक्सलाई जिम्मेवारी दिईएको छ ।कोषाध्यक्षमा लुम्बिनी बिकाश कोषका कोषाध्यक्ष सुरेन्द्र मुनि शाक्य रहेका छन् । त्यसै गरी सदस्यहरुमा लुम्बिनी बिकाश कोषका सदस्य सचिब, चिनिया बिहारका प्रतिनिधी, हेम बिष्ट, संजिब तुलाधर, तोकुसिन कासाई, गौतमी बिहारका प्रतिनिधी, फ्रेन्च गुम्बाका प्रतिनिधी, सातो गुरु, पन्च रतन, चेतन पन्त लगायत छन् ।
यो समितीले बिभिन्न उप समितीहरु, सल्लाहकार समिती गठन गरी दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक बाचन कार्यक्रम सफलता पुर्बक आयोजना गर्न जिम्मेवारी निर्बाह गर्नेछन् ।


यस प्रकारका आध्यात्मिक कार्यक्रमले लुम्बिनी आउने पर्यटकहरुको बसाई अबधि लब्याउने भएकाले यो कार्यक्रम निरन्तर गर्न सबैेले आफनो स्थानबाट सहयोग सक्दो रुपमा उपलब्ध गराउनु पर्ने सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी) बताउछन् ।
क्याप्सन् ः

प्रतिक्रिया

प्रतिक्रिया