खजुरालाई देश विदेशसम्म चिनाउने किसान

खगेन्द्र दाहाल, खजुरा ।
हुन त खजुरालाई देश विदेशमा चिनाउन कृषि पेशाले मात्रै हाेइन तर पनि कृषि बिना खजुरा अधुराे छ । किनभने बाँके जिल्लामै खजुरा क्षेत्र कृषि उत्पादनमा अघि छ । खजुराका व्यवसायिक किसानहरूले आफ्नो मात्रै कृषि काम गरेका छैनन् कि अन्य नयाँ पुस्तालाई पनि कृषि व्यवसायमा लाग्न प्रेरित गरीरहेका छन् । खजुराका किसानहरुको यहाँ मात्र नभएर रास्ट्रीय स्तरमै चर्चा हुने गरेको छ । यसकाे पुष्ठि बेला बखतमा अाउने गरेकाे समाचारले पनि गर्छ । यहाँ केही त्यस्ता किसान छन , जसले खजुरालाई साच्चिकै देश देखि विदेश सम्म सकारात्मक संदेश दिदै चिनाएका छन् आज उनै मध्यका केही कृषकका बारेमा चर्चा गर्दैछौं ।

तुलबहादुर कंडेल



बाँकेकाे खजुरा गाउँपालिकामा कृषि पेशालाई व्यवसायिक रुपमा अंगाल्ने र ठुलाे लगानी गर्ने कृषक मध्यका एक हुन् कंडेल । यस्ता किसानको संख्या दिनप्रतिदिन बढ्दै छ । नेपालगन्जकाे बसाई लाई छाड्दै खजुरा ३ मा बाख्रापालन व्यवसायबाट कृषि क्रान्ति गर्ने र विदेशीएका युवालाई स्वदेशमै फर्काउने उदेश्यका साथ कंडेलले हिलपार्क कृषि तथा पशुपालन फर्म दर्ता गरेर काम गरिरहेका छन् । तुल बहादुरकाे फर्ममा अहिले दिनहुँ जसो आगन्तुक पाहुना आएर ज्ञान सीप लिएर जाेस र जागरका साथ फर्कन्छन । नेपालगन्जमा हाेटेल व्यवसाय गरेर कराेडाैकाे मालिक बनेका उनि आलिसान गाडी चढ्दाकाे भन्दा कृषि पेशाले खुसी दिएको बताउछन् । गाडिमा संसार डुल्दा शरीर दुख्ने समस्या रहेकाे र कृषि काम गर्न थालेदेखी बिरामीले छाेडेकाे उनले बताए । खजुरा गाँउपालिका वडा नम्बर ३ सिर्जना टोलमा रहेको उनकाे फर्ममा करिब एक दर्जनले रोजगारी पाएका छन् । देशकै ठुलाे पशुपालन फर्म बनाउने लक्ष्य रहेकाे बताउदै कंडेलले किसानकै पहिचान बनाउन चाहेकाे बताए । कंडेलकाे प्रेरणादायिक कथालाई स्थानिय देखि रास्ट्रीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत प्रसारण, प्रकाशन गरीसकेका छन् । त्यसैले पनि उनकाे फर्मले खजुरालाई देश देखि विदेशसम्म चिनाउन मद्यत पुगेकाे छ ।

लाल बहादुर सुनार


च्याउ उत्पादक कृषकका रुपमा खजुराका लाल बहादुरकाे नाम पिरिचत छ । वैदेशिक राेजगारीबाट फर्किदा सुन्य हात परेका उनी जिविका धान्न तरकारी संगै च्याउ खेती गर्न थाले । ७ वर्ष अघि थाेरै लगानीबाट व्यवसाय सुरु गरेका उनले हालसम्म यसै पेशामा १ कराेड बढी लगानी पुगेकाे बताए । अथक मेहनतका कारण लालबहादुर देशकै उत्कृष्ठ च्याउ उत्पादक किसानका रुपमा सम्मानीत पनि भइसकेका छन् । सिजनमा दैनिक २ कुइन्टलसम्म च्याउ उत्पादन गरेका भन्दै राष्ट्रपति उत्कृष्ट पुरस्कार , सार्क स्तरीय अवार्ड बाट उनी काठमान्डाैमा पुरस्कृत भएका हुन् । याे संगै उनले थुप्रै पुरस्कार पनि प्राप्त गरीसकेका छन् । खजुरा गाउँपालिकाको एक किसानले यति ठुलाे पुरस्कार पाउँदा गाउँपालिकाको नामलाई समेत देश विदेशमा चिनाएको उनले बताए । उनकाे फार्म अवलाेकन गर्न देशका विभिन्न जिल्लाहरुबाट समुह, सहकारीका किसान, कृषि सम्बन्धी चासाे राख्ने विभिन्न निकाय अबलाेकनमा अाउने गरेका छन् । आफ्नो कामबाट प्रेरणा र सीप सिकेर धेरैले व्यवसाय सन्चालन गरेकाे बताउने गरेकाे कृषक सुनारले बताए ।


गेनालाल मुराउ


बाँके जिल्लामै सबैभन्दा धेरै टमाटर उत्पादन गर्ने कृषकका रुपमा पिरिचत छन मुराउ । सिजनमा दिनको १५/२० कुईन्टल सम्म टमाटर बिक्री गरेका मुराउले उत्पादन गरेकाे टमाटरकाे माग अन्य स्थानको भन्दा ज्यादा छ । टमाटर खेती बढाउदै लगेका मुराउले गएकाे सिजनमा १५ बिगाहा जग्गामा लगाएका थिए । टमाटरसगै अापँ लगायतका फलफुल खेतीलाई पनि बढाउदै लगेका मुराउले पनि जिल्ला , क्षेत्रीय तथा रास्ट्रीय पुरस्कारहरु पाइसकेका छन् । उनकाे बारेमा जान्न र यस्तै तरिकाले तरीकाले खेती गर्न टाढा टाढा बाट युवा किसानहरु अवलाेकनका लागी अाउने गरेकाे उनले बताए । यसले पनि खजुरा गाउँपालिकालाई देश विदेशमा चिनाएको उनले बताए । उमेरले ७२ किटसकेका उनकाे जाेस र जागरले भने जाे कोहिलाई पनि प्रेरणा दिन्छ ।

गेहेन्द्र धिताल


बाँकेकाे खजुरा ३ सितापुरका अिधकांश किसानका गुरुका रुपमा चिनिने गेहेन्द्र धिताल आफ्नै एक्लाे मेहेनतले सफल किसान बनेका हुन् । कृषक गेहेन्द्रकाे बारीमा बाह्रैबास केही न केही तरकारी फलेको देख्न पाइन्छ । गेहेन्द्रकाे तरकारी र फलफुल खेती बाहेक अरु अन्य व्यवसाय छैन । यसैबाट उनले आफ्नो घरखर्च चलाउदै छाेराछाेरीलाई घरबाहिर पढ्न पठाएका छन् । खेतीमा आधुनिक प्रविधि अपनाएका उनले गरेकाे खेती हेरेर धेरै किसानहरु लालायीत हुदै सल्लाह लिने गरेका छन् । गेहेन्द्रबाट प्रेरणा लिएर काम गरीरहेका उदाहरण पनि थुप्रै छन् गाउँमा । गेहेन्द्रले अनुदान भन्दा पनि आफ्नी कर्ममा बढी बिश्वास लाग्ने गरेको बताए । खजुरा गाउँपालिकामा रहेक्क स्मार्ट कृषि गाउँ कार्यक्रमपनि उनले सहयोग गर्दै आएका छन् । कपास बिकास समितिको सरकारी जागिर छाडेर व्यवसायिक कृषिमा लागेका उनी खजुरा गाउँपालिकामा मात्र नभएर रास्ट्रीय स्तरमै चर्चित छन् । विभिन्न जिल्लाहरुबाट उनको खेती अवलोकन गर्न आउनेको संख्या पनि बढ्दो छ ।

प्रेम खरेल


नेपालगन्जमा चल्तीकाे हाेटल व्यवसायलाई छाडेर खजुरामा बंगुरपालन व्यवसाय गरि कृषि क्रान्ति गर्दै आएका किसान हुन खरेल । ब्राह्मणले वंगुर छुन हुन्न भन्ने मान्यतालाई चिर्दै उनले व्यवसायलाई निरन्तरता दिए । अहिले उनलाई काममा भ्याईनभ्याई छ । बंगुर व्यवसायबाट सुरु उनकाे कृषि कर्म बाख्रा, हाँस, माछा, खरायाे, लाेकल कुखुरापालनमा समेत पुगेकाे छ । लाखाै युवाकाे प्रेरणाकाे श्राेतका रुपमा खरेललाई लिन सिकन्छ । पशुपालनमा लागेपछि खरेलकाे चर्चा पनि देश विदेशमा हुने गरेकाे छ । पशुपालन गर्न थालेपछि उनलेे जिल्ला स्तरीय , क्षेत्रीय तथा रास्ट्रीय पुरस्कार बाट पनि पुरष्कृत भैसकेका छन । हाल उनले आफ्नो व्यवसायलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गरीरहेका छन् । जसले गर्दा उनकाे व्यवसायकाे चर्चा झनै बढ्ने निश्चित छ ।

लालवहादुर खत्री


बाँकेकाे खजुरा गाँउपालीका २ गाैरीनगरका ५९ वार्षिय कृषक खत्री टमाटर र कुखुरापालक किसान हुन् । परम्परागत रुपमा टमाटर खेती गर्दै अाएका उनले आधुनिक प्रविध अपनाएर टमाटर खेती गर्दा झण्डै दाेव्वरले उत्पादन बढेकाे बताए । परम्परागत रुपमा लगाइने टमाटरकाे एक बाेटमा ५ देखि ६ किलो सम्म उत्पादन हुने गरेकोमा अाधुनिक प्रविध अपनायर खेती गर्दा ८ देखि १० किलो सम्म उत्पादन लिन सकेकाे कृषक खत्रीको फर्म अवलाेकनका लागी पनि बाहिरी जिल्लाबाट किसानहरू आउछन् । कृषिमा नयाँ प्रविधिको प्रयोग गर्न उनको सुझाव छ । ६ बर्ष अघि कृषि बिकास बैंकबाट अवकाश प्राप्त गरीसकेपछि खत्री व्यवसायीक तरकारी खेतिमा लागेका हुन् । जागिरे भएकै बेला पनि केही मात्रमा खेतीपातिमा समय दिने गरेका उनि अवकास पछि सम्पुर्ण समय खेतबारीमा खर्चन थालेका छन् । आधुनिक इजराईलि प्रविध, थाेपा सीँचाइ तथा प्लास्टिक मल्चीङ गरेर टमाटर उत्पादन गरीरहेका कृषक खत्रीले खर्च कटाएर वार्षिक १५ देखी २० लाखसम्म कमाउने गरेका छन । खत्रीले एक दर्जन बढी लाई रोजगारी दिएका छन् । खत्रीले सल्लाह लिन आउने अधिकांश युवालाई पैसा कमाउन विदेश जानु नपर्ने कृषिमा आफ्नै ठाउँमा राम्राे सम्भावना रहेकाे सल्लाह दिने गरेकाे बताए ।

पदम बहादुर राना


खजुरामा आधुनिक प्रविधि अपनाएर व्यवसाियक रुपमा तरकारी खेती गरी सफल वब्यक्तिकाे रुपमा पिरचय बनाएका छन पदम बहादुर रानाले । तरकारी खेतीमा केके गर्नु पर्छ भनेर जान्नकालागी कृषक पदमकाे घर खजुरा गाउँपालिक ३ मा जादा हुन्छ । पदमले गरेकाे आधुनिक प्रविधिलाई खजुराका अन्य किसानहरुले पनि अपनाउदै लगेका छन । पदम बहादुर रानाकाे खेतबारीमा काम सिकेर धेरै युवाहरु व्यवसायिक बनेका छन् । बाँकेमा पिहलाे राष्ट्रपती पुरस्कार पाउने कृषक पनि उनै हुन् । झण्डै एक दर्जन पुरस्कार बाट पुरस्कृत तथा सम्मानित भैसकेका पदमले आफू संगै आफ्नो गाउँ र गाउँपालिका चिनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।


काशिराम कंडेल :


खजुरा मनकामनाका काशिराम कंडेल एक व्यवसायिक गाई पालक किसान हुन । तीन दशक भन्दा अघि देखि व्यवसायिक पशुपालन गर्दै अाएका काशिराम किसानका हकहितका लागि निडर भएर बोल्ने किसान नेता पनि हुन् । गाई पालनबाटै आफ्नो व्यवहार धानेका उनले तरकारी संगै अन्न बाली पनि लगाउदै अाएका छन । वर्षभरी दुध डेरीमा पुगाउने किसानहरुमध्यमा काशिरामको नाउ पनि अग्रपित्तमा अाउछ । कािसरामलाइ{ निचन्ने जिल्लामा कमै छन । गाउँका अन्य किसानलाई व्यवसाियक बनाउनमा उनकाे ठुलाे हात रहेकाे स्थानिय बताउछन् ।


अव्दुल अन्सारी :


खजुराका पुराना व्यवसायिक किसानहरुकाे भिडमा वडा नम्बर ५ का अव्दुल अन्सारीकाे नाम अग्रपन्थिमा अाउने गर्छ । खजुरामा व्यवसायिक रुपमा किसानहरुले तरकारी खेती नगर्दा अन्सारीले सुरुवात नै ठुलाे क्षेत्रफलमा तरकारी खेती गरेका थिए । अन्सारीकाे बारीकाे तरकारीले खजुरा बजारका उपभाेक्ताको भान्सा धान्ने गरेकाे छ । अहिले पनि उहीँ जोश जागर सहित अन्सारीले व्यवसायिक रुपमा तरकारी खेती गरीरहेका छन् । उनकाे खेतबारीमा काम गर्नेले अहिले आफ्नै व्यवसाय पनि सन्चालन गरीरहेका छन । सीप सिक्ने पाठशाला जस्तै छ अन्सारीकाे खेतीपाती । उनी आफ्नै मेहनत र आटले देश विदेशमा चिनिएका छन् साथै खजुरालाई पनि चिनाएका छन् । खजुराकाे इतिहास बाेकेका अन्सारीकाे तरकारी बारी अवलाेकन गर्न विभिन्न जिल्लाहरूबाट आगन्तुकहरु आउने गरेका छन् ।

यी त खजुराका केहि अगुवा किसान मात्र हुन् । यस्तै धेरै किसानहरु खजुरामा छन् जसले कृषिबाटै गाउँपालिकालाई देश तथा विदेशमा चिनाउन सफल भएका छन् । गाउँपालिकाले पनि बर्सेनि किसानहरुको प्रोत्साहनका लागि र कृषि बिकासका लागि प्रयाप्त बजेट छुट्टाएकाे कृषि शाखाका प्रमुख सिमर ठाकुरले जानकारी दिए । गत आर्थिक वर्षमा ४० लाख रुपैया कृषिमा छुट्याएको गाँउपालिकाले यस आर्थिक वर्षमा ६० लाख छुट्याएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया