पुरुष क्रिकेटमा आर्मीका सहाव आलमको नयाँ किर्तिमान

आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत कोहलपुरमा जारी पुरुष क्रिकेट प्रतियोगिताको चौथौं दिन आइतबार त्रिभुवन आर्मी क्लवका सहाव आलमले नयाँ रेकर्ड कायम गरेका छन् । प्रदेश ३ का विरुद्ध मैदानमा उत्रिएको त्रिभुवन आर्मी क्लवका बलर आलमले ४ ओभरमा २ रन खर्चिदै ६ विकेट लिए । यो प्रतियोगिता अन्तर्गत हालसम्मकै उत्कृष्ट वलिङ हो ।


आइतबार सम्पन्न पहिलो खेलमा टस हारेर मैदानमा उत्रिएको प्रदेश ३ निर्धारित ओभर अगावै अलआउट भयो । प्रदेश ३ लाई आर्मीले १५ दशमलव १ ओभरमै प्याक गर्न सफल भए ।
प्रदेश ३ का लागि ओपनर ब्याट्सम्यान इशान पाण्डे र अदिल खानले २४ रनको साझेदारी गरे । पाण्डे र खानले ब्यक्तिगत १२–१२ रन जोडेपनि त्यसपछिका प्रायः सवै खेलाडी शुन्यमा पवेलिन फर्किए । प्रदेश ३ लाई अन्तिम १२ रन जुटाउन आफ्ना सबै विकेट गुमाउनु प¥यो ।
प्रदेश ३ लाई सस्तैमा समेट्ने क्रममा आर्मीका बलर सहाव आलमले ६ विकेट लिए । भने, कुशल मल्लले ३ र सुशान भारीले १ विकेट लिए । झिनो लक्ष्य पछ्याएको आर्मीले १० दशमलव १ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।


राष्ट्रिय खेलाडीको वर्चश्व रहेको आर्मीका लागि हरिबहादुर चौहान र भिम सार्कीले अभिजित १७ र १५ रन जोडे । ओपनर राजु रिजालले ६ रन जोडे । प्रदेश ३ का नन्दन यादव र गौतम केसीले १÷१ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द म्याच ६ विकेट लिएका त्रिभुवन आर्मी क्लवका सहाव आलम घोषित भए । कोहलपुर नगरपालिका–११ का वडाध्यक्ष कर्णबहादुर थापाले आलमलाई ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत आइतवार दिउँसो २ बजे कर्णाली प्रदेश र प्रदेश १ मैदानमा उत्रिने भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया