हिंसारहित समाज, रोगरहित शरिर र तनावरहित मन बनाउने अभियान

नेपालगन्जमा योग साधनाका आठ महिना

सरोज रेग्मी

दी आर्ट अफ लिभिङ्गको नेपालगन्ज क्षेत्रको गतिबिधिले करिब आठ महिनाको सक्रियता पछि अहिले आएर आधिकारिकता पाएको छ । करिब ३ दशक देखि संसारमा आफ्ना आध्यात्मिक गतिबिधि तथा मानव सेवामा सक्रिय स्वयं सेवकहरुको सेवालाई मुख्य बलको रुपमा अघि सार्दै आएको संस्था मार्फत हाल नेपालगन्ज केन्द्रित भै दर्जनौ कोर्षहरु सञ्चालित भै सकेका छन ।

 

नेपालमा २ दशक भन्दा लामो समय देखि संस्थाका मानवीय सेवा तथा आध्यात्मिक कार्यहरु सञ्चालित रहेका छन भने नेपालगन्ज क्षेत्रमा समेत करिब ७–८ वर्ष अगाडि देखि बेला बखतमा गतिबिधि तथा कोर्ष र कार्यक्रमहरु सञ्चालनमा आएका थिए । हाल आएर पछिल्लो ८ महिनामा नियमित योग, ध्यान र ज्ञानका कोर्षहरु सञ्चालन रहिरहेकोले समाजमा आध्यात्म, योग, ध्यानको प्रचार प्रसार तथा हिंसारहित समाज, रोगरहित शरिर र तनावरहित मन बनाउने संस्थापक गुरु श्री श्री रबि शंकरको अभियानमा सक्दो योगदान गर्ने प्रयासहरु भएका छन् ।

संसारकै बढी स्वयं सेबकहरु रहेका मध्येको संस्थाको गतिबिधिलाई निरन्तरता दिने चुनौती नेपालगन्जका स्वयंसेवकहरुले लिइनै रहेका छन् । करिब साढे तीन दर्जन बिभिन्न क्षेत्र र समुहको आवश्यकता सम्बोधन गर्ने कोर्ष तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको संस्थाको अन्तर्राष्ट्रिय केन्द्र भारतको बैंगलुरुमा बिशेष नेपाल सम्मेलनमा नेपालगन्ज क्षेत्रका करिब ४० जना स्वयंसेवकहरुले २ महिना अगाडि सहभागिता जनाउदै संस्थापक श्री श्री लाई भेटेर आएपछि यस क्षेत्रमा संस्थाका गतिबिधिले व्यापकता पाउने अपेक्षा गरिएको छ ।

 

ती बिभिन्न कोर्षहरु मध्ये बढी प्रख्यात तथा प्रारम्भिक स्तरको कोर्ष ह्याप्पीनेसमा पछिल्लो ८ महिनाका १० ब्याचहरुमा बिभिन्न तह र तप्काका एवं आफ्नो कर्ममा प्रतिष्ठा कमाई सकेका समेत करिब ४ सय जनाको सहभागिता भैसकेको छ । दर्जनौ स्वयंसेबकहरुले नियमित सेवा र सहयोग गर्दै कार्यक्रमहरु सफल बनाउन भुमिका खेलिरहेका छन् । त्यसै गरि अन्य कार्यक्रममा समेत गरि थप एकसय जना भन्दा बढीको सहभागिता भएको छ । प्रायः सम्पूर्ण कोर्षहरु सःशुल्क सञ्चालन हुने तथा संस्थाको मुख्य आय श्रोत कोर्ष शुल्क भएकोले नियमित रुपमा सहभागीहरु जुटाउने चुनौतीमा यहाँका स्थानीय तथा स्वयं सेबकहरु सक्रिय छन् । टीम वर्कले गर्दा प्रभाबकारी रुपले काम गर्दै गइरहेको अवस्था छ ।

बिगत ३६ वर्ष देखि सञ्चालित संस्थाका हाल विश्वका १५० भन्दा बढी देशमा सञ्चालित कार्यक्रमले पुर्वीय सभ्यताको मेरुदण्ड योग, ध्यान, आध्यात्म र मानव सेवामा उल्लेख्य योगदान पुर्याएकोमा दुई मत छैन । संस्थाको औपचारिक केन्द्रको रुपमा नेपालगन्ज क्षेत्रले कार्यक्रम सञ्चालन गर्न अवसर सँगै चुनौती पनि थुप्रै आउलान् । सोको समाधान सहित अगाडि बढ्दै हिंसारहित समाज, रोगरहित शरिर र तनावरहित मनको अभियान सशक्त रुपले अगाडि बढ्ने र चुनौती भन्दा सबै क्षेत्रको सहयोग नै बढी मिल्नेमा कुनै शंका छैन । (बैंकर्स रेग्मी द आर्ट अफ लिभिङ्ग नेपालगन्जका स्वयंसेवक हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया