महोत्सव मार्फत कृषि उत्पादन प्रवद्र्धन

रिज्मले सघायो कृषक

 

नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव मार्फत कृषि उत्पादन प्रवद्र्धनलाई महत्व दिइएको छ । मेलामा कृषि उत्पादन सम्बन्धी १२ वटा स्टल राखिएको कृषि तथा पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमितिका संयोजक रमेश बहादुर शाहले जानकारी दिएका छन् ।
महोत्सवमा आयोजकले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै ६ वटा स्टल निःशुल्क उपलब्ध गराएको छ । बाँकी स्टल पनि कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै आएका संस्थाहरुले खरिद गरी कृषकलाई आप्mना वस्तु प्रवद्र्धनका लागि उपलब्ध गराएका छन् । महोत्सवमा कृषि क्षेत्रमा अनुदान दिंदै आएको साना तथा मझौला कृषक आयस्तर परियोजना (रिज्म एफपी)ले दुई वटा स्टल कृषकलाई आफ्ना उत्पादनको बजारीकरणका लागि उपलब्ध गराएको छ । रिज्म महोत्सवको प्रवद्र्धकको रुपमा पनि रहेको छ ।

महोत्सव कृषिजन्य वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि सहयोगी
संयोजक
रमेश बहादुर शाह
कृषि तथा पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमिति

महोत्सवमा जिउँदो माछा, तरकारी, मह, महुरी, कालो कुखुरा, अण्डा, फलफुलका बिरुवा बिक्रीका राखिएको संयाजक शाहले जानकारी दिए । ‘महोत्सव कृषिजन्य वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि सहयोगी बनेको छ’, उनले भने, ‘कृषिजन्य सामाग्रीदेखि नयाँ प्रजातिको महुरी, पशुपंक्षी, स्वास्थ्यका लागि हितकर मानिएको कालो कुखुरा पनि कृषि स्टलमार्फत बिक्रीको व्यवस्था मिलाइएको छ ।’ कृषि सम्बन्धी आधुनिक प्रविधि पनि महोत्सवमा प्रदर्शनरीका लागि राखिएको उनले बताए ।
पंक्षी तथा पंक्षीजन्य प्रदर्शनीको स्टलमा कडकनाथ, लौकाट, टर्की, चाइनिज हाँस, आटोलरप, न्यू हेम्सार, दाना, चल्ला, जिउँदो कुखुरा राखिएको छ । ‘कृषि तथा पशुपंक्षी जन्य वस्तु खरिद र जानकारी लिन चाहनेहरुका लागि अवसर महोत्सवले उपलब्ध गराएको छ’, उनले भने, ‘कृषकलाई पनि आफ्ना वस्तु प्रवद्र्धन गर्ने उत्कृष्ट स्थान महोत्सव बनेको छ ।’ महोत्सवमा कृषि ज्ञान केन्द्र, मकै जानेले पनि कृषकका लागि स्टलको व्यवस्था गरिदिएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया