निष्ठाको जित भयो

बाके क्षेत्र नंं १ (क)मा विजयी इन्द्रप्रसाद खरेल (आइपी) ४० बर्ष लामो सक्रिय राजनीतिका क्रममा पहिलो पटक सार्वजनिक पदमा पुगेका छन् । राजनीतिक संघर्षका प्रत्येक पाइलामा ‘निष्ठा नर्बिसेको’ बताउने खरेल आफ्नो विजयीको सम्पूर्ण जस जनतालाई दिंदै भन्छन्, ‘यो जनताको जित हो, निष्ठा र स्वाभिमानको जित हो ।’

 
२०१८ साल जेठ २१ गते काभ्रेमा आमा भगवति र बुबा देवी प्रसाद खरेलका छोरा आइपी २०३५ सालमा चितवन हुदै बाकेको खजुरामा स्थायी बसोबास गर्न थाले । नेपालगन्जमा बसेर राजनीति गर्दा साइकलको सवारी र डेराको बास गरिरहेका आइपीसग श्रीमति सहित २ छोराको पारिवारिक दायित्व त्यही डेराबाट निर्वाह भैरहेको छ ।

 
‘हिजो पार्टीको जिम्मेवारीमा रहदा पनि निष्ठापूर्वक काम गरियो’, नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन, मशाल, राष्ट्रिय जनमोर्चा हुदै माओवादी केन्द्रमा अहिले पनि जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका खरेलले जित पछिको प्रतिक्रियामा दैनिक नेपालगन्ज सग भने, ‘सार्वजनिक पद भएकाले जिम्मेवारी ह्वात्तै बढेको छ ।’

 

जनताले गरेका अपेक्षा र मागलाई सकेसम्म पूरा गर्ने अठोट व्यक्त गर्दै प्रदेशसभामा नवनिर्वाचित खरेलले आफु उत्साहित भन्दा जिम्मेवार र गम्भिरता बोध गरिरहेको बताए । ‘निर्वाचनताका बोलेका कुराहरु सकेसम्म सम्बोधन गरेर जनता प्रतिनिधि हुनुको जिम्मेवारी पूरा गर्ने कुरामा आश्वस्त पार्न चाहन्छु’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया