परिणाम पर्खदै बाकेबासी

बाके र बर्दियामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना शुक्रबारबाट सुरु भएको छ ।
यो समाचार तयार पारुन्जेल बा“केमा प्रतिनिधिसभा सदस्य तर्फ तीन मध्ये दुईमा वामको अग्रता देखिएको छ भने क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । क्षेत्र नं. १ मा वाम गठबन्धनका महेश्वर गहतराजले यो समाचार तयार गरिरह“दा का“ग्रेसका माधवराम खत्रीलाई १ हजार मतले पछि पारिरहेका थिए ।

 
क्षेत्र नं. २ मा संघीय फोरमका मो. इस्तियाक राईले राप्रपाका ओम प्रकाश आजादलाई १ हजार ५ सय मतले पछाडी पार्दै अग्रता लिएका थिए । मतगणना सुरु भएदेखि नै राई निरन्तर अगाडी रहे । वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्र आजाद भन्दा एक हजार मतले पछाडी थिए ।
बा“के क्षेत्र नं. ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका नन्दलाल रोकाय का“ग्रेसका बादशाह कुर्मीलाई हजार मतले पछाडी पारिरहेका थिए ।

 
प्रदेश सभा तर्फ १ र ३ मा वाम उम्मेदवार नै अग्रतामै छन् । यद्यपि, ३ को क मा भने वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार आइपी खरेललाई का“ग्रेसका चन्तराम थारुले कडा चुनौति दिइरहेका छन् । अबेरराती सम्मको परिणाममा थारु र खरेल अगाडी र पछाडी दौड लगाइरहेका थिए । ख मा भने एमालेका बाबुराम गौतम राम्रो मतले अगाडी छन् । क्षेत्र नं. १ को क मा माओवादीकी कृष्णा केसी र ख मा एमालेकी आरती पौडेल अगाडी छन् ।
क्षेत्र नं. २ को क मा संघीय समाजवादी फोरमका विजय यादव फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । उनलाई का“ग्रेसका निरञ्जन सिंह सिजापतिले पछ्याउन खोजेका छन् भने ख मा का“ग्रेसका सुरेन्द्र हमाल झिनो मतले फोरम भन्दा अगाडी छन् ।

 
बर्दियामा दुई मध्ये १ मा एमालेका वाम देव गौतम अगाडी छन् भने अर्कोमा का“ग्रेसका गोपाल दहित अगाडी छन् । वामदेवले क्षेत्र नं. १ मा का“ग्रेसका वहालवाला मन्त्री सञ्जय गौतमलाई पछाडी पारेका छन् भने दहितले माओवादीका विना विभागीय मन्त्री सन्त थारुलाई झिनो मतले पछाडी परेका हुन् । ‘भोलि विहानसम्म परिणाम फरक भैसक्छ’, मतदानमा खटिएका कार्यकर्ताहरुले भने ।

 
प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रका मत फरकफरक स्थानमा गणना भइरहेको मुख्य निर्वाचन अधिकृत बिष्णु सुबेदीले जानकारी दिएका छन् । बाकेमा २ लाख ७६ हजार मतदाता मध्ये १ लाख ९५ हजार ६ सय ४० (करिव ७१ प्रतिशत) मतदान भएको छ । प्रतिनिधिसभा क्षेत्र १ (क) मा ३२८४१ प्रदेश (ख) ३७२१९ गरी जम्मा ७००६० मत खसेको छ ।
प्रतिनिधिसभा क्षेत्र २ (क) मा ३०९०१ प्रदेश (ख) मा २८२७२ गरी ५९१७३ र प्रतिनिधिसभा क्षेत्र ३ प्रदेश (क) मा ३५६९० र प्रदेश (ख) मा ३१९४४ गरी जम्मा ६७६३४ मत खसेको
छ ।

प्रतिक्रिया

प्रतिक्रिया