बाँके : ढुक्क उम्मेदवार ! के होला परिणाम ?

अब बन्ने प्रतिनिधिसभामा बाकेबाट कस–कसले प्रतिनिधित्व गर्ला ? बिहीबार भएको निर्वाचनमा मुख्य प्रतिस्पर्धीहरु आ–आफ्नै दाबीमा अडिग छन् ।

 

‘समग्रमा राम्रै नतिजा आएको विश्वास गरेको छु’, क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेदवार महेश्वर गहतराजले प्रारम्भिक अनुमान सुनाउदै भने, ‘मतको हिसाबले हामी अगाडी छौं ।’ दैनिक नेपालगन्जसग कुरा गरिरहदा अगुवा कार्यकर्ताहरु माझ समिक्षा गरिरहेका अथकले झिनो मतान्तरमा विजयको विश्वास व्यक्त गरे । ‘पाच देखि १ हजार ५ सयको मतान्तरमा चुनाव मैले जित्दैछु’, का“ग्रेस उम्मेदवार माधव राम खत्रीको दाबी थियो । उनले पार्टी भित्रकै चलखेललाई पनि चिर्दै विपक्षीहरु बीचबाट प्रतिस्पर्धाको चुनौतिमा आफु खरो उत्रने बताए । क्षेत्र नं. १ मा ९८ हजार ३ सय २० मतदाता छन् । स्थानीय तहको मत संख्याको आधारमा विश्लेषण गर्दा क्षेत्र नं. १ मा वाम गठबन्धनको मत झण्डै ४ हजार ८ सय बढी छ ।

 

बाँकेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा नरैनापुर र राप्ती सोनारी गाउँपालिका रहेका छन् । कोहलपुर नगरपालिका
पनि यसै क्षेत्रमा पर्दछ । ‘राप्तीपारीबाट राम्रै संकेत मिलेको छ’, वाम गठबन्धनका उम्मेदवार गहतराज भन्छन्, ‘फत्तेपुर हाम्रै हो, यसपाली नरैनापुरबाट राम्रो मत आएको रिपोर्टिङ्ग छ ।’ उनले कचनापुरदेखि कोहलपुरसम्मको रिपोर्टिङ्ग सुनाउदै भने, ‘परिणाम मेरै पक्षमा छ ।’

 

गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २० हजार ६ सय ५९ मत प्राप्त गरेको थियो । एमालेले १८ हजार ५ सय ८९ र माओवादी केन्द्रले ११ हजार ८ सय ७२ मत प्राप्त गरेका थिए । यसै गरी राप्रपाका वडा अध्यक्षहरुले ४ हजार २ सय ३८ र संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले क्रमशः ३ हजार ३ सय ६०, १ हजार ६ सय ८८ मत प्राप्त गरेका थिए । ‘त्यो मतका हिसाबले उनीहरु अगाडी देखिएपनि अहिलेको निर्वाचनमा अवस्थालाई मैले धेरै परिवर्तन गरेको छु’, काग्रेस उम्मेदवार खत्रीले आफु जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिंदै भने । एमाले र माओवादी केन्द्र बीचमा तालमेल हुने भएकोले वाम गठवन्धनको मत ३० हजारको हाराहारीमा रहेको छ । कांग्रेससंग फोरम लोकतान्त्रिक एकिकरण भएको र राप्रपासंग औपचारिक तालमेल भएकाले प्रजातान्त्रिक गठवन्धनको २७ हजार मत रहेको छ । स्थानीय तहमा औसत ४ हजार बढी मतले गठबन्धन अगाडी देखिए पनि असन्तुष्टिहरुबाट आफुलाई फाइदा पुग्ने खत्रीको बुझाइ छ ।

 

क्षेत्र नं. २ को अवस्था अझ बढी तिव्र प्रतिस्पर्धा देखिन्छ । तर, उम्मेदवारहरु आ–आफ्नो जितमा ढुक्क देखिन्छन् ।
क्षेत्र नं. २ मा ८२ हजार ९ सय ४९ मतदाता रहेका छन् । ‘१५ देखि १७ हजार मतले चुनाव जित्दैछु’, गाउमा एमाले र सहरमा राप्रपाका उम्मेदवारसग प्रतिस्पर्धा रहेको तर्क गर्दै संघीय समाजवादी फोरमका उम्मेदवार मो. इस्तियाक राईले दैनिक नेपालगन्जसग भने, ‘राजपाले कति मत तान्न सक्छ त्यसका आधारमा मेरो जितको मतान्तर तलमाथि हुनसक्छ ।’ उनले निर्वाचनमा जात र धर्म समेतको नारा लागेकाले केही मत प्रभावित हुनसक्ने टिप्पणी गरे ।

 

‘राम्रो मतान्तरले निर्वाचन मेरो पक्षमा आएको छ’, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेता ओम प्रकाश आजादले आफ्नो विश्लेषण सुनाउ“दै भने, ‘सुविधाजनक मत प्राप्त भएको छ ।’ का“ग्रेसका केही युवाहरुले गरेको आलोचना र का“ग्रेस निकट मुस्लिम नेताहरुको ‘बगावत’ बीच पनि ठूलो मत प्रभावित नभएको उनको अनुमान छ । ‘हाम्रा आफ्नै पनि राम्रो मत थियो’, राप्रपाले आफ्ना झण्डै ८ हजार मत सुरक्षित रहेको र काग्रेसका प्रतिबद्ध मतले गठबन्धन प्रति इमान्दारिता देखाएको विश्वास बोकेको छ ।

 

वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्र पनि कम्ति उत्साहित छैनन् । ‘सबै ठाउ“बाट राम्रै रिपोर्टिङ्ग आएको छ’, सुर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका मिश्रले कतै गाईस“ग त कतै मशाल स“ग प्रतिस्पर्धा रहेको तर्क गर्दै भने, ‘समग्रमा जित मेरो पक्षमा आउने तथ्यांकले देखाएको छ ।’ दाबीमा मेल नखाएपनि प्रतिस्पर्धामा राई र मिश्रको तर्क मिलेको छ । मिश्र पनि गाउमा राईसग प्रतिस्पर्धा र सहरमा गाईस“ग प्रतिस्पर्धा रहेको तर्क गर्छन् । राईको दाबी सहरमा गाईस“ग प्रतिस्पर्धा छ ।

 

डुडुवा गाउपालिका र नेपालगन्ज उपमनपा मिलाएर प्रतिनिधि सभा क्षेत्र नं. २ बनाइएको हो । यसमा नेपालगन्जका वडा नं. १६ र १७ समावेश गरिएको छैन । जुन वडा फोरमका उम्मेदवार राईको पकड क्षेत्र मानिन्छ । कुल २७ वडा रहेको क्षेत्र नं. २ मा कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको छ । तर, स्थानीय तहको निर्वाचन वहिष्कार गरेको राजपा नेपालले यसपटक आफैले उम्मेदवारी दियो । त्यतिबेला राजपाको मत अधिकांस का“ग्रेस, राप्रपा र कतिपयले माओवादी केन्द्रका उम्मेदवारलाई मत समर्थन दिएका थिए ।

 

क्षेत्र नं. २ मा एमाले, माओवादी, राप्रपा र संघीय फोरमको मत लगभग हाराहारी मै छ । कांग्रेसले गत स्थानीय निर्वाचनमा १२ हजार ७ सय मत प्राप्त गरेको थियो । त्यहाँ राप्रपाको ८ हजार ५ सय र फोरम लोकतान्त्रिकको १ हजार मत छ । डुडुवा गाउँपालिकामा राम्रो पकड रहेको संघीय फोरमको ८ हजार १ सय मत रहेको छ ।

स्थानीय तहको निर्वाचन क्षेत्रमा एमालेको मत ९ हजार ४ंंंंंंंं सय रहेको छ । वाम गठवन्धनको सहयात्री दल माओवादी केन्द्रको मत ७ हजार १ सय रहेको छ । का“ग्रेसले आफ्नो उम्मेदवार नउठाएपछि राम्रो पकड रहेको मुस्लिम मत पूर्ण रुपमा ‘नाखुस’ देखियो । राप्रपालाई समर्थन गरेको काग्रेसले आफ्नो पकड जोगाइराख्न पनि कार्यकर्तालाई राप्रपाका लागि भोट हाल्न कति निर्देशित गर्न सक्यो परिणामले देखाउछ नै ।

 

‘यस्तै परिणाम आउछ भनेर अहिले पनि अनुमान गर्ने अवस्था छैन’, मतदान सकिएपछि दैनिक नेपालगन्जस“गको सम्पर्कमा राजपा नेपालका उम्मेदवार विजय कुमार गुप्ताले भने । ‘तर दारु, मासु र पैसाको खेलो भएको छ’, गुप्ताले निष्ठाको राजनीति कमजोर हुदै गएको अनुभूति सुनाउदै भने, ‘जे–जस्तो नतिजा आउला नैतिकता र आचरणमा बसेर मैले निर्वाचनमा भाग लिएको छु ।’

 

क्षेत्र नं. ३ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच प्रतिस्पर्धा छ । ‘मलाई लाग्छ राम्रो मतान्तरले चुनाव जितिन्छ’, वाम गठबन्धनका क्षेत्र नं. ३ का उम्मेदवार नन्दलाल रोकायले भने । रोकायले सबै ठाउबाट सकारात्मक प्रतिक्रिया पाएको सुनाउदै भने, ‘प्रभाव क्षेत्रको हिसाबले पनि हाम्रो मत राम्रो भएको ठाउ“ हो ।’ उनले बाकसमा जनताको अभिमत बन्द भैसकेकाले पूर्वानुमान लगाइरहनु नपर्ने तर्क गर्दै भने, ‘उम्मेदवारको हिसाबले म जहा“ जा“दा पनि जनताले स्वागत, सम्मान र सकारात्मक प्रतिक्रिया दिनुभएकाले म उत्साहित नै छु ।’ बा“की कुरा परिणामले देखाउने उनले बताए ।

क्षेत्र नं. ३ मा ९५ हजार ४ सय ९९ मतदाता रहेका छन् ।

नेपालगन्जको वडा नं. १६ र १७, जानकी, खजुरा र वैजनाथ गाउँपालिकालाई समेटेर प्रतिनिधि सभाको क्षेत्र नं. ३ बनाइएको हो । नेपालगन्जका यी दुवै वडा बादशाह कुर्मीका लागि उर्वर हुन् । ‘अरुले भन्दा चार गुणा बढी मत मैले पाएको छु’, नगरका दुई वडाको प्रसंग उठाउ“दा कुर्मीले भने ।

 

कुल २४ वडा रहेको यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारहरुले करिब २१ हजार २ सय मत प्राप्त गरेका थिए । वाम गठवन्धनको साझेदार माओवादी केन्द्रले १४ हजार ४ सय मत पाएको थियो । यहाँ कांग्रेसले १६ हजार ९ सय, फोरम लोकतान्त्रिक १ हजार ६ सय र उसका सहयोगी दल राप्रपा ३ हजार ४ सय मत मात्र प्राप्त गरेका थिए । संघीय समाजवादी फोरमको यहाँ २ हजार ५ सय मत रहेको छ । ‘नगर र जानकीमा मेरो एकलौटी छ’, कुर्मी दाबी गर्दै भन्छन्, ‘चुनाव जित्ने प्रशस्त आधार देखिएका छन् ।’

 

बाकेमा स्थानीय तहमा २ लाख ४६ हजार १ सय ३ मतदाता थिए । अहिले यो संख्या बढेर २ लाख ७६ हजार ४ सय १८ पुगेको छ ।

 

क्षेत्र नं. १ को प्रदेश नं. १
प्रदेश १ मा नरैनापुर तथा वडा नं. ८ र ९ बाहेकको राप्ती सोनारी गाउँपालिका थपिएको छ । १३ वडा रहेको यस प्रदेश क्षेत्रमा कांग्रेसका वडा अध्यक्षहरुले करिब ९ हजार ७ सय, एमालेले ७ हजार ६ सय र माओवादी केन्द्रले करिब ६ हजार ८ सय मत प्राप्त गरेका थिए । यहाँ संघीय फोरमको ३ हजार ३ सय र राप्रपाको १ हजार ५ सय मत रहेको छ ।
यो क्षेत्रमा वाम गठवन्धनको करिब १४ हजार ४ सय मत रहेको छ । यसैगरी लोकतान्त्रिक गठवन्धनको ११ हजार २ सय रहेको छ । यहा वाम गठबन्धनबाट माओवादी कृष्णा केसी (नमूना) र लोकतान्त्रिक गठबन्धनका शरदचन्द्र बर्मा बीच प्रतिस्पर्धा छ ।

 

क्षेत्र नं. १ को प्रदेश नं. २
यो प्रदेश क्षेत्रमा कोहलपुर नपा र राप्ती सोनारीको वाड नं. ८ र ९ पर्दछन् । कुल १७ वडा रहेको यहाँ वडा अध्यक्षहरुको मतका आधारमा एमाले र कांग्रेसको बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । ११ हजार हाराहारीमा मत रहेको दुइ दलहरुको मत भिन्नता केवल २० मात्र रहेको छ । यहाँ माओवादी केन्द्रको ५ हजार मत रहेको छ । कांग्रेसको सहयोगी राप्रपा र फोरम लोकतान्त्रिकले गत स्थानीय चुनावमा मत ३ हजार ७ सय मत प्राप्त गरेका थिए । अहिले फोरम लोकतान्त्रिक का“ग्रेसस“ग एकिकरण भैसकेको छ । ‘राप्तीसोनारीमा का“ग्रेस अगाडी भएपनि कोहलपुरमा हाम्रो मत राम्रो छ’, वाम गठबन्धनकी उम्मेदवार आरती पौडेलले भनिन् । पौडेल र का“ग्रेसका नारायण गौडेलबीच प्रतिस्पर्धा छ ।

 

क्षेत्र नं.२ को प्रदेश क्षेत्र नं. १
डुडुवा र नेपालगन्जका वडा नं. १३ र १८ देखि २३ सम्मलाई समेटेर बनाइएको क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. १ मा कुल १२ वडा रहेका छन् । यहाँ कांग्रेसले ७ हजार ५ सय मत प्राप्त गरेको थियो । संघीय फोरमले ५ हजार ९ सय मत पाएको थियो । कांग्रेसको सहयोगी दल राप्रपाको ३ हजार ५ सय र का“ग्रेसस“ग एकिकरण गरेको फोरम लोकतान्त्रिकको करिब ७ सय मत रहेको छ ।

एमालेको करिब ४ हजार ७ सय र माओवादी केन्द्रको २ हजार ७ सय मत रहेको छ । यहाँ वाम गठवन्धन भन्दा लोकतान्त्रिक गठवन्धनले गत स्थानीय निर्वाचनमा धेरै मत प्राप्त गरेको आंकडाले बताउँछ । वाम गठबन्धनबाट कामता सोनखर, लोकतान्त्रिक गठबन्धनबाट निरञ्जन सिंह सिजापति र संघीय फोरमबाट विजय यादव बीच प्रतिस्पर्धा रहेको क्षेत्र नं. २ को १ मा यादवले आक्रामक उपस्थिति देखाएका छन् । यहा“ त्रिपक्षीय प्रतिस्पर्धा रहेको मतदाताहरु बताउ“छन् ।

क्षेत्र नं.२ को प्रदेश क्षेत्र नं. २
यो प्रदेश क्षेत्र नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १ देखि १५ सम्मलाई समेटेर बनाइएको छ । यसमा वडा नं. १३ रहेको छैन । कुल १४ वडा रहेको यो क्षेत्रमा राप्रपाको सवैभन्दा धेरै मत रहेको छ । राप्रपाको ५ हजार २ सय रहेको छ । कांग्रेसको ५ हजार १ सय रहेको छ । संघीय समाजवादी फोरमले यहाँ २ हजार ३ सय मत प्राप्त गरेको छ ।

 

एमाले र माओवादीले यस क्षेत्रमा क्रमश ४ हजार ७ सय र ४ हजार ४ सय गरी कुल ९ हजार १ सय मत ल्याएका थिए । प्रदेशसभामा लोकतान्त्रिक गठबन्धन इमान्दारिताले परिणामलाई प्रभाव पार्ने देखिन्छ । ‘मतले पनि हामी अगाडी छौं’, काग्रेसका उम्मेदवार सुरेन्द्र हमालले परिणाम आफ्नो पक्षमा आउने कुरामा विश्वस्त हुदै भने, ‘प्रत्येक मतदान केन्द्रमा जादा पाएको रेस्पोन्सले पनि म जित्छु भन्ने कुरामा ढुक्क छु ।’ तर, वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विजय गुप्ता पनि कम्ति आशावादी छैनन् । ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया नै पाएको छु’, आफ्नो एजेन्डा र गठबन्धनको लोकप्रियता स“गै प्रचारमा गरिएको मेहनतले रंग ल्याउने आशा गरेको गुप्ताले दैनिक नेपालगन्जस“ग भने, ‘हेरौं जनताको फैसला आइसकेको बक्स खुलेपछि थाहा हुन्छ ।’ ‘क्लोजली कम्पिटिसन छ’, उनी भन्छन् ।

 

क्षेत्र नं.३ को प्रदेश क्षेत्र नं. १
वैजनाथ गाउँपालिका र खजुराको वडा नं. ५, ६, ७ र ८ लाई प्रदेश क्षेत्र नं. १ बनाइएको छ । यहाँ एमालेको करिब १२ हजार मत रहेको छ । माओवादी केन्द्रको करिब ७ हजार मत प्राप्त गरेको छ । कांग्रेसले १० हजार ८ सय र राप्रपाको १ हजार ५ सय मत स्थानीय निर्वाचनमा प्राप्त गरेको तथ्यांक रहेको छ । झण्डै ६ हजार हाराहारीमा वाम गठबन्धन अगाडी देखिएको क्षेत्र नं. ३ को १ मा वाम गठबन्धनबाट माओवादीका आइपी खरेल र काग्रेसका चन्तराम थारु प्रतिस्पर्धामा छन् । थारु मतलाई एकिकृत गरेर स्थानीय तहको ठूलो मतान्तर घटाउन उद्दत चन्तराम र पुराना वामपन्थी नेता खरेल बीच प्रतिस्पर्धा ३ को १ मा रोचक रहेको मतदाताहरु बताउ“छन् ।

 

क्षेत्र नं.३ को प्रदेश क्षेत्र नं. २
पुराना वामपन्थी नेता वाबुराम गौतम र काग्रेसका युवा नेता लक्ष्मीनारायण शाह बीच प्रदेश सभाका लागि प्रतिस्पर्धा छ । १८ हजार ५ सय मधेसी मत र १२ हजार ५ सयको हाराहारीमा पहाडी समुदायको मत रहेको यहा चुनावलाई आफ्नो पक्षमा पार्न राजनीतिको हर हतकण्डा अपनाइएको देखिन्छ ।

 

नेपालगन्जको १६ र १७, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाको वडा नं. १ देखि ४ सम्म लाई समेटेर बनाइएको यस प्रदेश क्षेत्रमा एमालेको सर्वाधिक धेरै ९ हजार २ सय मत रहेको छ । यसैगरी वाम गठवन्धनको अर्को घटक माओवादी केन्द्रको ७ हजार ४ सय रहेको छ । स्थानीय तहमा कांग्रेस र राप्रपा तथा फोरम लोकतान्त्रिकले क्रमशः ६ हजार, १ हजार ८ सय र १ हजार प्राप्त गरेका थिए । यहाँ संघीय समाजवादी फोरमका वडा अध्यक्षहरुका उम्मेदवारहरुले करिब २ हजार ५ सय मत रहेको छ ।

‘यहा स्वतन्त्र उम्मेदवार विजय पाठकको उपस्थिति पनि कम्ति सशक्त छैन’, माओवादीबाट विद्रोह गरेर पाठकको पक्षमा लागेका पुराना नेता परमानन्द बर्माले दैनिक नेपालगन्जस“ग भने ।

प्रतिक्रिया

प्रतिक्रिया