कोहलपुर उद्योग वाणिज्य संघको पहिलो निर्णय ‘महोत्सव’

कोहलपुर उद्योग बाणिज्य संघले आगामी आगामी माघ २६ गते देखि फागुन ८ गतेसम्म महोत्सव गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले कोहलपुर पर्यटन औद्योगिक व्यापार महोत्वस मेला संचालन गर्ने निर्णय गरेको हो ।

 
बैठकले संघको बैठकले बजार, फोहोर मैला व्यवस्थापन लगायतको निर्णय गरेको महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए । संघले नगर क्षेत्रमा भैरहेका अव्यवस्थित फुटपाथ र खुला व्यवसायलाई व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

 
‘नगरमा सडक पेटी अतिक्रमण गरी सञ्चालित पसलहरुलाई व्यवस्थित गर्ने निर्णय गरेका छौं’, महासचिव अधिकारीले भने, ‘यसका लागि सम्बन्धित निकायहरु स“गको समन्वयमा गरिनेछ ।’ पशुचौपाया, जथाभावी राखिएका होर्डिङ्ग बोर्डको व्यवस्थापन र नगर सरसफाईमा संघ अग्रसर रहने बताउ“दै महासचिव अधिकारीले बजार क्षेत्रमा रहेका अव्यवस्थित ठेला, गाडी लगायतको व्यवस्थापनका लागि संघले समन्वय र पहल गर्ने जानकारी दिए ।

 

संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना समेत बनाउने भएको छ । वस्तुगत संघहरुलाई समेत स्थान उपलब्ध गराउने सभाकक्ष सहितको भवन निर्माणका लागि आगामी असोज मसान्तसम्म शिलान्यास गर्ने बैठकले निर्णय गरेको महासचिव अधिकारीले बताए । त्यसका लागि विस्तृत योजना बनाइने उनले बताए ।

 
अध्यक्ष चक्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकले संघका सदस्यहरुका लागि क्षमता अभिवृद्धिका लागि लेखा व्यवस्थापन सञ्चालन गर्ने निर्णय पनि गरेको छ । नवनिर्वाचित कार्यसमितिको बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुुर्याएको सम्बन्धितहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

प्रदेश अध्यक्षलाई स्वागत, सम्मान

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का नवनिर्वाचित कार्यसमितिलाई नेपालगन्जमा स्वागत सम्मान गरेको छ ।

बुधबार औपचारिक कार्यक्रम बीच महासंघका प्रदेश ५ अध्यक्ष गुणनीधि तिवारी सहितका नवनिर्वाचितहरुलाई स्वागत सम्मान गरिएको हो । संघका अध्यक्ष नन्दलाल वैश्यले सो अवसरमा कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष चक्र अधिकारीलाई पनि अध्यक्ष वैश्यले स्वागत सम्मान गरेका थिए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले महासंघको प्रादेशिक अवधारणा बारे बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया