पहिलो प्राथमिकता व्यवस्थित शहर

पहिलो र दोस्रो चरणमा जनप्रतिनिधिहरुले निर्वाचन अघि आफ्नो समूदायको कायापलट गरिदिने भनेर मत मागेका थिए । पहिलो र दोस्रो चरणको निर्वाचनमा केही शहरको नतिजालाई देशैभरका सर्बसाधरणले चासोका रुपमा हेरेका थिए । विशेष गरि राजनीतिक रुपमा महत्व राख्ने स्थान र दलका नेताका कारण मात्रै हैन यी सहरहरुको आ–आफ्नै विशेषता पनि रहेका छन् ।

 

राजनीति सँगसगै व्यक्तिगत, धार्मिक र सम्प्रदायका आधारमा पनि केही सहरहरुका निर्वाचन सुरुबाटै चर्चा र चासोको विषय रह्यो, त्यसैमध्ये एक अत्यन्त चासोका रुपमा हेरीएको निर्वाचन थियो नेपालगन्ज उपमहानगरपालिका । देशका विभिन्न स्थानीय तहमा निर्वाचित भइसकेपछि प्रमुखहरुको पहिलो वाक्य आफ्नो ठाउ“लाई समृद्ध बनाउन लागि पर्ने भनेका छन् । काठमाण्डौ महानगरका प्रमूखले सय दिनमा आफनो शहरलाई विश्वको १० प्रमुख शहर जस्तै बनाउँछु भनेर घोषणा गरे । बृद्धभत्ता बढाउन त प्रतिष्पर्धा नै चल्यो पछि सरकारले पत्र काटेर रोक लगायो । सबैले सडक देखि हाइडो, सिमेन्ट उद्योगदेखि पर्यटन प्राथमिकतामा राखेको बताए भने स्मार्ट र मेघा सिटिका अवधारणा सुनाउन भ्याइसकेका छन् ।

 

नेपालगन्ज उप महानगर–पालिकाले पनि प्रमुख र उपप्रमुख सहित जनप्रतिनिधिहरु पाइसकेको छ । प्रमूखमा निर्वाचित डा धवल शमशेर पूर्व मेयर पनि हुन भने उपप्रमुख उमा थापा मगर युवा हुनुहुन्छ । व्यक्तिगत रुपमा धवल समशेरलाई विकासप्रेमी र भिजीनरी नेताका रुपमा नेपालगन्जबासीले चर्चा परिचर्चा गरेको पाइन्छ । नेपालगन्ज उप महानगरलाई देश कै समृद्ध शहर बनाउन लागि पर्ने घोषणा गरेका धवल शमशेरलाई अहिलेको परिवर्तित राजनीतिक, साँस्कृतिक, सामाजिक, आर्थिक विकास सँगसँगै शुसासनका विषयहरु चुनौति हुनसक्छन । सिंहदरबार घरघरमा भनेर प्रचार गरिएको स्थानीय तहमा समूदाय र सर्वसाधरणहरुको अपेक्षाको चाङ्गपनि ठुलै छ । संिवधानले व्यवस्था गरेका विभिन्न अधिकारहरुको प्रयोग र व्यवस्थापन अर्को चुनौति हो । औपचारिक शिक्षा नभएका जनप्रतिनिधिहरुको समूहपनि रहेकोले डा धवललाई सुशासन व्यवस्थापनमा ठुलै चुनौति रहने छ ।

 

भौतिक संरचनाको विकासक्रम समय अनुसार हुदै जान्छ । म चारवर्ष अगाडि आउँदाको नेपालगन्ज र अहिलेको नेपालगन्ज आकाश जमिनको फरक रहेको छ । अहिले नेपालगन्जमा चारलेनका बाटो छ, ठुला ठुला सपिङ्ग कम्पेक्स बन्दैछन, मल्टिपेल्कस सिनेमा हलहरु छन् । सार्वजनीक र व्यक्तिगत सवारी साधन बढेका छन् । सहरमा आवश्यक पुर्वाधारहरु बनेका छन् । मानिसको खानपान, शिक्षा, स्वस्थ्य क्षेत्रमा पहुँच बढेको छ । सूचना प्रविधिमा फड्को मारेको छ । जीवनशैली परिवर्तन भएको छ । वितेका दुईदशक राजनीतिक परिवर्तन सँगै शहरको स्वरुप परिवर्तन भएको छ । समूदाय आफनो अधिकार पहिचान गर्न सफल भएको छ । युवा, बालबालिका, महिला, सिमान्तकृत, दलित लगायत सबैको राज्यका विभिन्न निकायमा पहिलाको भन्दा पहुँच बढेको छ । विकास नै नभएको भने हैन ।

 

त्यसो हो भने उप महानगरका प्राथमिकताका सूचिमा के पर्नुपर्छ होला त ? विभिन्न सन्चारमाध्यमहरुमा प्रमुख र उपप्रमूख दुवैजनाको प्राथमिकताका विषयहरु आइसकेका छन् । कार्यविधि नआइसकेको अवस्थामा पहिलो प्राथमिक सुचिमा के के हुनसक्छन ? सर्वसाधरणको कौतुहलताका विषय बनेको छ । नेपालगन्ज उपमहानगरमा जनप्रतिनिधिले पहिलो कदम अथवा गरिहाल्नु पर्ने काम भनेको शहर व्यवस्थित गर्नु नै हो । फुटपाथ, ढल, यातायात पार्किङ्ग, फोहर, चौपाया, सार्वजनिक शौचालय, प्रतिक्षालय, व्यवस्थित बजार, मन्दिर, मस्जिद, ताल तलैया र सडक शहरका सौन्दर्य हुन । नेपालगन्ज यी सबै कुराले भरिपूर्ण छ तर अस्तव्यस्त छ । फुटपाथ अतिक्रमण भएर व्यवसाय स्थल, होटल, मासू पसल रहेको छ, ढल प्लाष्टिकजन्य पदार्थले भरिएको छ , अव्यवस्थित पार्किङ्ग क्षेत्र, जहितहि फोहर, सडकमा खुल्ला चौपाय, सडकमा ठुलाठुला खाल्डाखुल्डि, सार्वजनिक स्थल अतिक्रमित छन्, शौचालय छैन ।

 

नेपालगन्ज शहरलाई कस्तो रुपमा चिनाउने पनि अहिलेबाटै सुरु गर्नुपर्ने छ । मानसरोवर जानेहरुको हवका रुपमा विकास भैरहेको अवस्थामा होटल र बजार व्यवस्थित हुन नसकेको खण्डमा पर्यटकमा पर्न जाने नकारात्मक सन्देशले पनि यहाँको व्यवसायलाई असर गर्नसक्छ । एकझर पानी पर्दा बजार क्षेत्र जलमग्न हुन्छ । व्यवस्थित बधशालाहरु नहुँदा सडकपेटि मै माछा र मासु काटिरहेका भेटिन्छन् । अव्यवस्थित रिक्सा, टेम्पो, सिटिबसहरुले गर्दा पैदल यात्रीको आवागमनहरु प्रभावित बन्ने गरेको छ । पैदल यात्रुहरुपनि जथाभावी हिडिरहेका हुन्छन शहर छिर्दा एकप्रकारको अत्यन्त अव्यवस्थित देखिन्छ जस्ले शहरको सौन्दर्य विगारेको छ । सबैको समन्वयमा काम सुरु गरे यो व्यवस्थित गर्न समय कुर्नुपर्ने छैन ।

 

उपमहानगरसँग जोडिएका गाविसहरुमा व्यवस्थित गराउनु अर्को महत्वपूर्ण काम हुनेछ । सडक र अव्यवस्थित निर्माणले गाउँ झन अव्यवस्थित बन्दै गएका छन् । शहरसँग जोडिएका गाउँलाई व्यवस्थित गर्नु अर्को चुनौति रहेको छ । अबको एकवर्ष जनप्रतिनिधिले शहर व्यवस्थित बनाउनका लागि मात्रै ध्यानदिन सके सबै पक्षबाट सुन्दर नेपालगन्ज हुनसक्छ । अन्यथा उर्वर व्यवस्थित हुदै गएको कोहलपूर नगरपालिकाले नेपालगन्जलाई पुरानो शहर, अव्यवस्थित शहरको परिचय दिदै अगाडि बढ्ने पक्का छ ।

 

सर्वसाधरणको मन जित्ने गरि यसअधिपनि प्रमूख कै भूमिकामा काम गरीसकेका अनुभवी र विकास गर्न योजना पनि भएका व्यक्तिका रुपमा सर्वसाधरणले चुनेका छन् । परिवर्तित स्थानीय संरचनामा अधिकार पहिलाकोभन्दा बढि भएकोले पनि डा धवल शमशेरलाई अवशर र चुनौति दुवै प्रशस्त रहेको छ । सुसाशन र स्थानीय विकासका ज्ञाताको हातमा अबको पाँचवर्षमा उप बाट महानगर बनाउने मौका रहेको छ । शुभकामना । (हेटौडा निवासी शर्मा हाल नेपालगन्जमा छन्)

प्रतिक्रिया

प्रतिक्रिया