नेपालगन्जमा राप्रपाको विजयउत्सव (तस्वीरहरु)

 

तस्वीर : प्रदिप राजवंशी/नेपालगन्जन्यूज

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा विजयी डा. धवल समशेर राणालाई नगरमा भव्य स्वागत गरिएको छ ।

मंगलबार राप्रपाले निकालेको विजय र्यालीमा मेयर पदका उम्मेदवार डा. राणालाई भव्य स्वागत सम्मान गरिएको
हो । त्यसक्रममा राणालाई विपी चोकमा स्थानीयबासीले ३१ किलोको फुलको माला लगाइदिएका थिए ।
मुस्लिम बहुल क्षेत्र रहेको नेपालगन्जमा हिन्दुवादी पार्टी राप्रपाबाट राणा विजय भएपछि नारा गुञ्जियो, ‘हिन्दु मुस्लिम भाई भाई धवल समशेर हाई हाई ।’
राप्रपाले प्रमुख पद सहित नेपालगन्जका विभिन्न वडाहरुमा जित हात पारेको हो । विजयी वडा अध्यक्षहरु मुस्लिम समुदायबाट समेत रहेका छन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया