उम्दा उमा

ऋचा लुइटेल
नेपालगन्जका हरेक सुगन्ध र दुर्गन्धहरु महसुस गर्दै हुर्किएकी उमाको नामै काफी छ, यतिबेला जनजनमा । नेपालगन्ज उपमहा–नगरपालिकाको उपमेयरको टिकट पाउनु नै उमाको निम्ति फलामको च्युरा चुपाउनु सरह थियो । तर, प्रतिस्पर्धामा उमाको नाम सुरुबाटै चर्चामा रह्यो ।
विभिन्न स्थानीय पत्रपत्रिका, एफएम, टेलिभिजन मार्फत सम्भावित उम्मेदवारको नाम लिंदा उमा स“गस“गै जोडिएर आइन् । चोकचोकमा चर्चा परिचर्चा हुन थाल्यो । तर, चर्चा गरेजति सजिलो थिएन । उमालाई नेपाली का“ग्रेसको तर्फबाट उपमेयर पदको उम्मेदवार बन्नलाई ।
उपमेयरका आकांक्षी धेरै भएपछि नेपाली का“ग्रेसबाट बा“के नगर कमिटिले निवेदन आव्हान गर्यो । त्यहा“ उनले आफुलाई उपमेयरको उम्मेदवार किन बनाउने जवाफ सहित निवेदन पेश गरेकी थिइन्, दर्ता शुक्ल सहित । यति गर्दापनि जिल्लाले उम्मेदवार छनोट गर्न सकेन ।
लिखित निवेदनकै आधारमा सामाजिक पृष्ठभूमि, पत्रकारिता क्षेत्रमा उनको सक्रियता र मेयर पदका दाबेदार डा. सुरेश कुमार कनोडियाले समेत आफु मेयरको उम्मेदवार भए उमालाई उपमेयर बनाउन इच्छुक रहेको इच्छा र उमाको पक्षमा भएपछि उनी मेयरमा कनोडिया भए उपमेयरमा आफु हुने पक्का थिइन् । तर, जिल्लाको सिफारिस केन्द्रीय कमिटिमा पुगेपनि झण्डै २० दिन उमाले आफ्नो पक्षको निर्णयका लागि आफ्नो क्षमता, दक्षतालाई र प्रतिबद्धताको अग्नि परीक्षा दिइन् । अन्ततः मेयरमा डा. कनोडिया र उपमेयरमा उमाको नाम सदर भयो । चुनावको मिति १० दिन बा“की रह“दा पाएको उम्मेदवारीले उमालाई ठूलै चुनौति थपिदियो । एकातिर बा“के का“ग्रेसमा आन्तरिक विवाद अर्को तिर आफुस“गै आकांक्षी उम्मेदवारहरु स“गको चिसिएको सम्बन्ध दुवै पाटो मिलाएर लैजाने समय भने निकै थोरै थियो ।
६० बर्षसम्म युवा भन्नेहरुका लागि ३७ बर्षिया उमा निकै कलिलि उम्मेदवार थिइन् त्यसैमा अविवाहित केटी । आलोचकहरुबाट आवाज उठ्नु अघि नै उमाले आफ्नो पहिरन र अभिव्यक्तिमा फरक पन ल्याइन् । ५५ देखि ७५ बर्ष समूहका महिला बीच निकै आकर्षण रह्यो उनले पहिरिएको सारी । मधेसी मुस्लिम समुदायले समेत खुबै रुचायो उमालाई सारीमा ।
उमा जहा“ जहा“ पुगिन् त्यहा“ त्यहा“ उनको राम्रै ‘रेस्पोन्स’ भयो । जो जस्लाई भेटिन जो जस्ले उनको भाषण सुने उमालाई खुब रुचाए र त्यसको परिणाम पनि देखिएको त मत हेर्दा । उममेयरको हैसियतले उमाले बोलेका तीनवटा मूल मुद्दाले महिलालाई खुब छोयो । प्रत्येक वडामा प्रसुति केन्द्र प्राविधिक शिक्षा, खाल्डा मुक्त नगर, प्रत्येक वडामा फरक–फरक समस्या ती समस्यालाई समाधान गर्न उमाले गरेका प्रतिबद्धतालाई जनताले त्यो विश्वास अहिले उमाले पाएको मतमा देखिएको छ ।
नेपालगन्जको जब मत गणना सुरु भयो र पहिलो मत परिणाम आयो सुरुबाटै उनको अग्रता थियो । त्यो अग्रता अहिले सम्म छ । त्यो पनि कहिले सा“घुरो त कहिले फराकिलो । ‘३ मत पछाडी राप्रपाकी रमारानी बैश्य आइपुग्दा त सातो गा’थ्यो,’ उमाका समर्थकले दैनिक नेपालगन्जसँग भने । तर, प्रतिष्पर्धाको त्यो अवसरले कतै विश्वास कतै घात कतै अलिबढी अविश्वास बीच अझै उम्दा बनेर उमाले नेपालगन्जमा काम गर्नुछ ।
नेपालगन्जको उपमेयर पदमा कुन दलको उम्मेदवार सक्षम र प्रभावशाली भन्ने हिसाबले लेखाजोखा हुँदा पनि शान्ति र उमानै अन्ति प्रतिष्पर्धामा आउने छन् भन्ने अनुमान पहिल्यै थियो । अनुभवले खारिएकी, संघर्षले सेकिएकी नेकपा एमाले नेतृ शान्ति ढकाल स“ग उमालाई ठूलो डर पनि त्यहिं थियो । तर, परिणाममा त्यो डर गाईको लहरले छिचोल्न सफल भएपछि उपमेयरका उम्मेदवारमा अब्बल दरिइन, उमा । उमा भन्छिन्, ‘नेपालगन्जमा हुर्किए, बढेस“गै जीवनका हन्डहर खाए“, सफलता, असफलता बेहोरें । त्यसले मलाई काम गर्न सिकाएको छ । त्यो सिपलाई कार्यान्वयन गर्ने निकायमा पुगेपछि स्वभाविक रुपले मैले काम गर्नेछु ।’ नतिजा आउनुअघि हजारौं शुभचिन्तकले उनलाई अग्रिम बधाई दिइरहेका छन् । शुभकामना दिइरहेका छन् । ‘यो प्रेमलाई मैले हृदयमा राखेर काम गरें भनेमात्र सही न्याय हुन्छ हैन भने जसले माया गरेका छन् विश्वास गरेका छन् उनीहरुले भोलि मलाई खबरदारी गर्न सक्छन्’, जितको नजिक पुगेकी उमाले नेपालगन्ज न्यूजसंग भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया