बाँकेका ८ स्थानीय तह र ८१ वडाहरु मध्ये ३ गाउँपालिका र ४५ वडाहरुको परिणाम सार्वजनिक भएको छ ।
प्राप्त परिणाम अनुसार डुडुवा र राप्ती सोनारी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले विजय हासिल गरेको छ । यसैगरी नरैनापुरमा संघीय समाजवादी फोरमले नरैनापुरमा प्रम्ख र उपप्रमुखमा जीत हात पारेको छ ।
४५ वडाहरु मध्ये कांग्रेसले १६, एमालेले ११, माओवादी केन्द्रले ७, संघीय समाजवादी फोरमले ७,राप्रपाले ३ र फोरम लोकतान्त्रिकले १ वडा अध्यक्षमा जीतेका छन् ।
कांग्रेसले जीतेका वडाहरू ः नरैनापुर ३,५ र ६ । डुडुवा १ र ३ । बैजनाथ ७ र ८ । राप्ती साेनारी १,३,४,८ र ९ । काेहलपुर १४ र १५ । नेपालगन्ज २ र २२ ।
एमालेले जीतेका वडाहरू ः डुडुवा ५ । खजुरा १ र २ । बैजनाथ १ । राप्ती साेनारी २ । काेहलपुर १,२ र ३ । नेपालगन्ज १, ६ र ९
माअाेवादी केन्द्रले जीतकाे वडाहरू ः जानकी २ । राप्ती साेनारी ५, ६ र ७ । नेपालगन्ज ३, ७ र २१ ।
संघीय समाजवादी फाेरमले जीतेका वडाहरू ः नरैनापुर १,२ र ३ । डुडुवा २ र ४ । जानकी १ । नेपालगन्ज २३ ।
राप्रपाले जीतेका वडाहरू ः नेपालगन्ज ४,५ र ८ ।
फाेरम लाेकतान्त्रिकले जीतेका वडाहरू ः डुडुवा ६