समावेशिताकाे सुन्दर उपहार : जयपत्रा र राजरानी

रूपा गहतराज/नेपालगन्जन्यूज

नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ४ बाट दलित महिला सदस्यमा राप्रपाबाट विजय भएकी जयपत्रा कोरीलाई भेट्न जादा उनी टोलमा घरघरमा पुग्दै आफन्तलाई धन्यवाद दिंदै थिइन् । बिहानै मत परिणाम सुन्न पुगेकी उनले दिउसो २ बजेसम्म खाना खाएकी थिइनन् ।
अनुहार भरी अबिर पोतिएका थिए । हातमा शुभेच्छुकले दिएको फूलको गुच्छा समातेकी कोरीले फुललाई पानीमा राख्न नातीलाई अर्याएकी थिइन् ।

३ महिलाको दौडधुपले पुर्णविराम पाएको थियो । लामोसास फेर्दै उनले भनिन्, ‘३ महिनाको दौडधुपले शरीर गलेको छ ।’

मधेसी दलितमा पर्ने कोरी मान्छेले बनाएको उनी बताउछिन् । उनले भनिन्, ‘कोर लागेको कपडा धँुदाधँुदा हामी कोरी भयौ ।’
३ छोरा र बुहारीका साथ बस्दै आएकी उनले अब वडाको विकास गर्ने नै पहिलो प्राथमिकता भएको बताइन् ।

उनले हिलाम्मे बाटो तिर नजर लगाउदै भनिन्, ‘हेर्नुस् यो बाटोको हालत अब यो बाटो बनाउ“छौ ।’ उनका ३ छोरा मध्ये एक घरहरुमा रंग लगाउने काम गर्छन् भने अर्का छोरा मोबाइल मर्मत गर्ने काम गर्छन् ।

१८ बर्ष अघि श्रीमान् बितेपछि उनले गाउ छिमेकमा सरोकार राख्न थालिन् । वडाको भेला जनसरोकारका बिषयमा बुझ्न थालिन् ।
उनको अर्काे विशेषता पनि छ । जसले गर्दा पनि उनलाई धेरै ब्यत्तिले टोलमा चिन्ने गर्छन् । उनी हातखुटाका नसा च्यापिएको मर्किएको घरेलु उपचार गर्छिन ।

राजनीतिमा आएपछि सबैकुरा समय संगै बुझ्न आवश्यक रहेको उनले बताइन् । निरक्षर उनले आफुजस्ता महिलाहरुलाई अब विकासका बारे जानकारी दिन तालिम दिनुपर्ने बताइन् ।

उनका घरमा पुगेका आफन्त उनलाई मिठाई खुवाउन आग्रह गर्दै थिए । उनले भनिन्, ‘ब्यवस्था गरेर सबैलाई मिठाइ खुवाउँछु ।’

उनी मात्र होइन एमालेबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं १ बाट दलित महिला सदस्यमा निर्वाचित दलित महिला राजरानी पासी संवाददाता पुग्दा मस्त निद्रामा थिइन् ।

निर्वाचनका क्रममा भएको दौडधुपबाट सायद थकाइ मार्दै थिइन् उनी । २ छोरा पतिका साथ बसोबास गर्ने उनले कुनै योजना बनाएकी छैनन् ।

निर्वाचित भएपछि टोलको विकास गर्ने हो उनलाई त्यही कुरा थाहा छ ।

हामी पुगेपछि उठ्दै नातिनीका साथ खेल्दै गरेकी उनले जनताले आफुलाई भोट दिएकोले आफ्नो वडाका लागि काम गर्ने बताइन् । राजनीतिलाई धेरै नबुझेकी उनले अब विकास नै गर्ने हो भन्ने कुराको हेक्का रहेको बताइन् ।

२ कोठाको घरमा उनका दुई छोरा, एक बुहारी र दुई नातिनी, श्रीमान बस्दै आएका छन् ।
आफ्नो र आफ्ना समुदायको हित हुन्छ भनेर वडा सदस्यमा उम्मेदवार बनेको उनले बताइन् ।

सम्पत्तिको नाममा १ कठ्ठाको जमिन उनको छ । जसमा आएको बालीले उनीहरुको बर्ष दिनको गर्जाे टर्छ । छोरा घरहरुमा रंग पोत्ने काम गर्छन् । श्रीमान र उनी खेतबारीमै दिन बिताउछन् । उनले भनिन्, खेतीबारी बाहेक अर्काे पेशा छैन ।’

वडाको विकासका लागि कस्तो र कसरी योजना बनाउने भन्ने कुरामा आफुहरुलाई तालिम र परामर्श आवश्यक छ । उनले भनिन्, मलार्इ त्यति थाहा त छैन तर अब बिस्तारै सिक्दै जान्छु ।’

जाँदाजाँदै जयपत्रा र राजरानी दुवैले भन्दै थिए,  ‘भाेट दिने सबलार्इ धन्यवाद भनेकाे छ भनेर लेखिदिनु हाेला है ।’

नातिनीसंग राजरानी

प्रतिक्रिया

प्रतिक्रिया