नेपालगन्जन्यूज । डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेकाे छ ।
शनिवार अवेर साँझ सकिएकाे मतगणनामा कांग्रेसका अध्यक्षका उम्मेदवार नरेन्द्र कुमार चाैधरीले ४६९१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिदन्दि संघिय समाजवादी फाेरमका विजय बहादुर यादवले ४१९२ मत प्राप्त गरेका थिए । यसैगरी एमालेका अध्यक्षका उम्मेदवार सकिल खाँ ले १४६६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कांग्रेस कै शाहिरा बानाेले ४३१५ मत प्राप्त गरी विजयी भएकी छन् । उनलार्इ संघिय समाजवादी फाेरमका जविदा खातुनले ४१३४ मतले पछ्याएकि थिइन् । एमाले कि कृष्णावती पाण्डेले १४७० मत प्राप्त गरेकि छन् ।
डुडुवाकाे ६ वडाहरू मध्ये वडा नं. १, २ र ३ मा कांग्रेस, वडा नं. ४ मा संघिय समाजवादी फाेरम, वडा नं. ५ मा एमाले र वडा नं. ६ मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जीत हासिल गरेका छन् ।