बाँके : २ घण्टामा २० प्रतिशत मतदान

मतदान शुरु भएको २ घण्टामा नेपालगन्ज लगायत बाँकेका अधिकांश मतदान केन्द्रमा करिब २० प्रतिशत मत खसेको बाँकेका मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेलले नेपालगन्जन्यूज लाई बताएका छन् ।

पौडेलका अनुसार, बाँकेका १३६ मतदान स्थलका २ सय ९५ मतदान केन्द्रमा मतदान सूचारु भइरहेको छ ।
बाँकेका कुनै पनि मतदान केन्द्रमा अप्रिय घटनाको भएको जानकारी छैन ।

यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँकेमा शान्तिपुर्ण ढंगले मतदान भइरहेको नेपालगन्जन्यूजलाई बताए ।
विभिन्न मतदान केन्द्रमा रहेका नेपालगन्जन्यूजका सहकर्मीहरुले मतदानका लागि मतदाताहरुको लामो लाइन मतदान केन्द्रमा लागिरहेको आफुले देखेको बताएका छन् ।

खासगरी महिला, ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरुले विहानै मतदानमा रुचि देखाएका छन् । नेपालगन्ज आसपासका मतदान केन्द्रको स्थलगत रिपोर्टिग गरिरहेका पत्रकार काशी शर्मा भन्छन् ।
कोहलपुुरबाट फोटो पत्रकार विशाल राना भन्छन्, मतदाताहरुको लाइन मतदान केन्द्रभन्दा बाहिर थियो ।

निर्वाचन पर्यवेक्षण समिति नेपालबाट अनुगमन गरिरहेका पर्यवेक्षक प्रकाश शर्मा भन्छन्, मतदान अत्यन्त सौहार्दपुर्ण ढंगले भइरहेको छ । मतदान प्रक्रियामा अपांगता भएका व्यक्तिहरु तथा ज्येष्ठ नागरिकहरुलाई ग्राहयता दिइएको छ । मतदान स्थलमा बाहिर प्रचार सामाग्री देखिएका छैनन् ।

ज्येष्ठ नागरिकहरुले मतदान गरे

नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.१०मा ९५ वर्षिय ओम कुमारी पन्थीले मतदान गरेकि छिन् । यसै गरी खजुरा ज्ञानोदय मावि खजुरामा ८७ वर्षिय देविलाल लामिछानेले मतदान गरेका छन् ।

फोटो पत्रकार रानाका अनुसार, विरामी पार्वतनी थारुले कृष्ण मावि कौशिलानगरबाट मतदान गरेका छन् । यसैगरी अत्यधिक गर्मीका कारण खुनी विक लक्ष्मी मावि बरदहवा मतदान केन्द्रमा बेहोस भएकि छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया