मतदान शुरु

प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि मतदान शुरु भएको छ । विराटनगर महानगरपालिकाका र नेपालगन्ज उपमहानगरपालिका सहित ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकाका करिब १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुदैछन् । निर्वाचन आयोगका अनुसार, ४१ उम्मेदवारहरु निर्विरोध भैसकेका छन् ।

 

 

 

बाँकेको खजुरा स्थित ज्ञानोदय माविमा लामबद्ध मतदाता । (तस्वीर : सतिश निरौला नेपालगन्जन्यूज)

निर्वाचनमा ६४ ला ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने छन् । देशभर ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
बाँकेमा पनि मतदान शुरु भएको छ । बाँकेका विभिन्न मतदान केन्द्रमा रहेका नेपालगन्जन्यूजका सहकर्मीहरुका अनुसार, विहानै देखि मतदाताहरु मतदान केन्द्रमा लाइन लागेर बसिरहेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र ६ गाउँपालिकाका ८१ वडाहरुका लागि निर्वाचन हुदैछ । २ लाख ४६ हजार ८० मतदाताहरु बाकेमा सहभागि रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया