नेपालगन्जमा धुमधाम मनाइदै ईद

इस्लामिक धर्मावलम्वीहरुको महान् पर्व इद–उल–फित्र (ईद) आज सोमबारदेखि धुमधाम ईद सुरु भएको छ ।
महिनाभरीको व्रत (रोजा) पश्चात आज सामूहिक नमाज पढेर ईद मनाइएको हो । आज इदगाहमा सामूहिक प्रार्थना (मुख्य नमाज)गरिएको छ ।

 

सरकारले ईदको अवसरमा हरेक बर्ष सार्वजनिक बिदा दिएको छ । इस्लामी क्यालेण्डर अनुसार २वटा ईद मध्ये एउटा ईदुल फित्र हो भने अर्को बकराइद हो । जुन अबको ठीक २ महिना १० दिनमा मनाइने छ । इस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मुहम्मद सल्लले पहिलो ईद सन ६२४ ईस्वी सम्वतमा जंग ए बदर(बदरको युद्ध) मा बिजयी भएपछि मनाएको धार्मिक मान्यता रहेको छ । एक महिनाको रोजा बसेर, गरिबलाई दान दिएर, अल्लाहको ईबादत गरेर ईद मनाउने गरिन्छ ।

(तस्वीर किरण ढकाल)

प्रतिक्रिया

प्रतिक्रिया